भागरथीको हत्याका अभियुक्त सार्वजनिक

SHARE:

बैतडी फागुन ५ ।

बैतडीको दोगडा केदार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्याका अभियुक्त व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ ।

अभियुक्त दिनेश भट्टलाई घटनाको १५ दिनपछि प्रहरीले आज सार्वजनिक गरेको हो । गत माघ २१ गते बुधवार विद्यालयबाट घर फर्कने क्रममा स्थानीय लवलेक जंगलमा १७ वर्षीया किशोरी भागरथीको बलात्कारपछि हत्या भएको थियो । प्रहरीले सार्वजनिक गरेका अभियुक्त भट्ट भागरथी अध्ययनरत स्थानीय सनातन धर्म माविको कक्षा ११ मा पढ्ने किशोर हुन् । भागरथी सोही विद्यालयको कक्षा १२ मा व्यवस्थापन संकायमा अध्ययनरत थिईन् ।

घटना भएको केही दिनमा नै ‘क्लोज रिङ’ मा राखेर अनुसन्धान गरेको प्रहरीले अभियुक्तको साबिती बयान, प्राप्त सबुत, अन्य प्रमाण, प्रत्यक्षदर्शीको भनाई लगायतलाई आधार मानेर यो अपराध उनैले गरेको पुष्टि गरेको हो । अभियुक्तले भागरथीसँग बदला लिनको लागि उनको हत्या गरेको प्रहरीसमक्ष साबिती बयान दिएका थिए । यसैबीच हत्याका आरोपमा पक्राउ परेका दिनेश भट्टले अपराध स्वीकारेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा डिआईजी उत्तम सुवेदीले भागरथीको हत्यामा अरु कोही संलग्न नदेखिएको बताए । दिनेशले भागरथीलाई सुरुमा धकेलेर लडाएको अनि दुवै हातले घाँटी थिचेर हत्या गरेको सुवेदीले बताए। हत्यापछि पाइन्ट घुँडासम्म तानेर बलात्कार गरेको अनुसन्धानबाट देखिए पनि निस्कर्षमा पुग्न बाँकी रहेको उनको भनाइ छ ।

घटनामा दिनेशको मात्रै संलग्नता पाइएको डीआईजी सुवेदीले बताए । प्रहरीले त्रुटिरहित ढंगले अनुसन्धान गरेको सुवेदीको दाबी छ । सुाथै हत्या प्रकरणमा आफुले गरेको अनुसन्धानमा शंका नगर्न प्रहरीले आग्रह गरेको छ। डीआईजी सुवेदीले चाँडै निर्मला पन्त बलात्कार र हत्याका घटनाको दोषीलाई पनि पक्राउ गरिने बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!