काठमाडौं फागुन ६ ।

गैरआवासीय नेपाली संघ एन आर एन ए को पहलमा स्थापना हुन लागेको एनआरएन डेभलपमेन्ट फन्डको प्रबन्धपत्र नियमावली तथा कम्पनी दर्ता कागजातमा काठमाडौँमा उपलब्ध संस्थापकहरूका तर्फबाट हस्ताक्षर भएको छ ।
स्वदेशको विकास र समृद्धिमा योगदान गर्ने अभियान अन्तर्गतको एक महत्त्वपूर्ण योजनाले लामो समयको प्रयासपछि मूर्तरूप प्राप्त गर्ने चरणमा पुगेको जानकारी गराउन पाउँदा निकै खुसी लागेको एन आर एन ए का अध्यक्ष कुमार पन्तले बताए ।
साथै १० अर्बको कोषमा सरकारले पाँच प्रतिशतले हुने ५० करोड रूपैयाँ लगानीको प्रतिबद्धता जनाएको छ। अरू संस्थापकहरूले १० प्रतशितले हुने १ अर्ब रूपैयाँ लगानी गर्नुपर्नेमा १ अर्ब ७० करोड जुटिसकेको छ ।
८५ प्रतिशतमा विश्वभरका गैरआवासीय नेपालीले १० डलर र त्यसभन्दा माथि लगानी गर्न पाउनेछन् । नेपालको पूर्वाधार क्षेत्रमा लगानी गर्न उत्सुक संसारभरका गैरआवासीय नेपालीको लागी दर्ता प्रक्रिया सकिएपछि चाँडै नै आईपीओ जारी गरिने पनि जनाएको छ ।






