फागुन १२ मा नेपाल लोकतान्त्रिक पार्टीले तेस्रो स्थापना दिवस मनाउदै

SHARE:

काठमाडौं फागुन ९ ।

नेपाल लोकतान्त्रिक पार्टी नेलोपा ले यही फागुन १२ गते तेस्रो स्थापना दिवस मनाउँदैछ ।

पार्टी केन्द्रीय कार्यालय चुनदेवीमार्गमा चियापान लगायत कार्यक्रम गरी स्थापना दिवस मनाउन लागेको अध्यक्ष भानुराम डगौरा थारुले जानकारी दिए ।

उनका अनुसार १२ गते बुधबार बिहान ११ देखि ४ बजेसम्म कार्यक्रम हुनेछ । गत वर्षहरुमा पनि नेलोपाले चियापान र केक काट्दै दिवस मनाउने गरेको छ ।

तत्कालीन फोरम लोकतान्त्रिकका नेता विजय गच्छदार कांग्रेस प्रवेश गरेपछि भानुराम थारुको नेतृत्वमा नेलोपा पुनर्गठित पार्टी बनेको हो ।

सो पार्टीका वरिष्ठ नेता शिवलाल थापा, महासचिव देव दुरा पनि केही हप्ता अघि जसपामा प्रवेक गरेपछि महासचिवको जिम्मेवारी हित बहादुर मोक्तान तामाङले पाएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!