यसरी खुल्दैछ बेलायतमा लकडाउन

SHARE:

लन्डन फागुन ११ । कोरोना भाइरस संक्रमण जोखिमका कारण बेलायतमा महिनौदेखि कायम लकडाउन ४ चरणमा खुलाउने घोषणा गरिएको छ ।

सोमबार बेलुका देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री बोरिस जोन्सनले इंग्ल्यान्डमा लकडाउन खोल्ने जानकारी बेलायती संसदलाई जानकारी गराएको प्रधानमन्त्रीले बताएका हन् । प्रधानमन्त्री बोरिस जोन्सनले गरेको घोषणाअनुसार अहिले कायम लकडाउन विभिन्न ४ चरणमा अन्त्य हुनेछ ।

पहिलो चरण :
मार्च ८ देखि स्कुलहरु खुलाइनेछ । केयर होमका बासिन्दालाई एक जनासम्म आफन्त भेट्न दिइनेछ । आउटडोर रुपमा दुई जनासम्मले भेट्न र चिया, कफी लिन वा पिकनिक गर्न छुट पाउनेछन् ।

त्यस्तै, मार्च २९ देखि आउटडोर (पार्क, प्राइभेट गार्डेन) ६ जनासम्म वा दुई परिवारको जमघटलाई अनुमति दिइनेछ ।

टेनिस, बास्केटबल लगायत आउटडोर खेलस्थल सुचारु गरिनेछ । आफ्नो क्षेत्रभन्दा बाहिरी क्षेत्रसम्मको यात्रामा अहिले लगाइएको रोक फुकुवा गरिनेछ ।

दोस्रो चरण :
अप्रिल १२ मा हुनेछ । जुन बेला अहिले बन्द रहेका अत्यावश्यकबाहेकका सबै ‘रिटेल’ व्यवसाय सुचारु हुनेछन् । जीम, हेयर ड्रेसरदेखि लाइब्रेरी, म्युजियम, बियर गार्डेन, थिम पार्क लगायतका सार्वजनिक स्थलहरु खुला गरिनेछ । पब, रेष्टुरेन्टले ‘टेकवे’ का साथै आउटडोर सेवा सुचारु गर्न सक्नेछन् । अन्तिम संस्कारमा ३० र वैवाहिक समारोहमा १५ जनासम्मको नियम भने कायम रहनेछ ।

तेस्रो चरण :
मे १७ देखि धेरै व्यवसायहरु खुल्नुका साथै ‘सामाजिक सम्पर्क’ माथिका अधिकांश बन्देज हटाइने भएको छ । पब, रेष्टुरेन्ट लगायत हस्पिटालिटी क्षेत्र पनि यही चरणमा सुचारु गरिंदैछ । यो चरणमा ६ जना वा दुई घर परिवारले ‘इन्डोर’ भेटघाट गर्न पाउने छन्। खेलकुदका इभेन्टहरुमा १० हजारसम्म दर्शक सहभागी हुन पाउनेछन् ।

चौंथो तथा अन्तिम चरण :
जुन २१ देखि अहिले लागू सबै प्रतिवन्धहरु हटाइनेछ र इंग्ल्यान्ड लकडाउनमुक्त हुनेछ । प्रधानमन्त्री जोन्सनले लकडाउन खुकुलो पार्ने सरकारका चारै चरणका योजना कार्यान्वयन हुनुअघि ४ वटा आधार तयार भएको हुनुपर्ने स्पष्ट पारेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!