वनेम कल्याण संस्था यूकेको अधिवेशन सम्पन्‍न, टंक वनेमको अध्यक्षता नयाँ कार्यसमिति चयन

SHARE:

– छत्र वनेम
लन्डन आश्फोर्ड फागुन ११ । २० फेब्रुवरिका दिन वनेम कल्याण संस्था यूकेको अधिवेशन सम्पन्न भएको छ । भर्चुअल माध्यम (जुम)मार्फत सम्पन्न भएको तेश्रो अधिवेशनले टंक वनेमको अध्यक्षता नयाँ कार्यसमिति चयन गरेको छ । वनेम यसअघि कार्यसमितिका बरिष्ठ उपाध्यक्ष थिए ।

नयाँ कार्यसमितिमा क्रमश उपाध्यक्ष जीवन फागो वनेम र छत्र वनेम, सचिव सम्सेर वनेम, सहसचिव दत्तहाङ लिम्बु, कोषाध्यक्ष डम्बर फागो वनेम, सहसचिव तारा वनेम लगायत सदस्यहरुमा तुलबिर लिम्बु र चन्त वनेम र बाँकी सदस्यहरु सबै क्षेत्रलाई प्रतिनिधित्व हुनेगरी थप गर्न कार्यसमितिलाई जिम्मेवारि सुम्पिएको छ ।

विश्वभर फैलिएको महामारी कोभिड १९ को कारणले बेलायतमा लकडाउन सुरुहुनु अघि नेपाल गएका संस्थाका अध्यक्ष हरि प्रसाद वनेम नेपाल धरानस्थित आफ्नो घरमा निधन भएपछि कार्यसमिति नेतृत्व (अध्यक्ष) विहीन अवस्थाले नेतृत्वको चयन गर्न नितान्त आवश्यक रहेकोले भर्चुवल माध्यममार्फत सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति चयन गरिएको हो ।

आफ्नो समाज भित्र बिपदमा परेका सदस्यहरुलाई पनी संस्थाले सहयोग संकलन गर्दै आएको छ । ढुङेसाघु ५ हात्तीखावा जन्म भई हाल नेपाल दमक निवासी पेटमा क्यान्सरबाट पीडित बलमान लिम्बुको लागि यस महामारीको बिच पनि रु १, ८०,००२।- (एक लाख असी हजार दुई रुपैयाँ) नेपाली रुपैयाँ संकलित सहयोग रकम नेपाल पठाइ सम्बन्धित ब्यक्तिलाई हस्तान्तरण गरी सकिएको पनि कोषाध्यक्ष तुलबिर लिम्बुले जानकारी दिएका छन् ।

बाराजु थान मन्दिर संरक्षण सम्बन्धमा संखुवा सभास्थित बारबिसे निवासी धनवीर लिम्बुले उक्त मन्दिर निर्माण र प्रवर्द्धन गर्दै आएको बताउँदै काङ्सोरे हाम्रो पुर्खामात्र नभएर लिम्बुवानी योद्धा र यो स्थान उनकै समाधिस्थल पनि भएकोले उनको योगदानलाई अविस्मरणीय र उक्त स्थललाई चिरस्थायी बनाउन मन्दिर परिसरभित्र रहेको ढुङ्गामाथि उनको अर्ध कदको सालिक स्थापना गर्ने योजना रहेको जानकारी दिए ।

८१ ब​र्षिय​ ध​न​बिर लिम्बुले लकडाउन पछी उक्त योजना आफै पुरा गर्न प्रयास गरिरहेको र आर्थिक भार एकदमै बढी भै गाह्रो हुने अवस्थामा मात्र​ वनेम कल्याण संस्थासंग सहयोगको अपेक्षा रहेको पनि बताए । आफ्नो काम विशेषले संस्थाको सचिब महेस वनेम यूके बाहिर रहनु परेकोले उपाध्यक्ष टंक वनेमद्वारा संस्थाले गरेको कार्यहरु र आगामी गर्नु पर्ने प्रस्तुत प्रतिबेदन र कोषाध्यक्ष तुलबिर लिम्बुले प्रस्तुत गरेका आर्थिक प्रतिबेदन बृहत् छलफलपश्चात सर्बसम्मतिले पारित भएको थियो ।

सभामा उपस्थित वनेम माङ्गेन्ना चेली कल्याण संघ यूके तथा केवाइसि यूकेका सल्लाहकार नरकुमारटी लिम्बु लगायत संस्थाका सल्लाहकारहरु क्रमश: डम्बर लिम्बु, खर्कप्रसाद लिम्बु र दिलबहादुर लिम्बुले नयाँ कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना ब्यक्त गरेका थिए । भर्चुअल माध्यम (जुम)मार्फत सम्पन्न उक्त कार्यक्रमको सन्चालन र संयोजन सचिव छ्त्र वनेमले गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!