इक्वेडरको जेलमा कैदीबीच हिंस्रक झडप, ७५ जनाको मृत्यु

SHARE:

एजेन्सी फागुन १२ ।

इक्वेडरमा तीन ओटा जेलमा कैदीबीच भएको दङ्गामा परी ७५ व्यक्तिको मृत्यु हुनुको साथै अन्य कयौं घाइते भएका छन् ।

पश्चिमी बन्दरगाह शहर ग्वायाकिलमा रहेको एक जेलमा २१ जनााको मृत्यु भएको छ। यस्तै गरी अर्को एक जेलमा ३३ जना र तेस्रो जेलमा २९ जनाको मृत्यु भएको जनाइएको छ।

इक्वेडरका राष्ट्रपति लेनिन मोरेनोले ट्विटरमा तीन वटा जेलमा एकसाथ भएको यस हिंसामा आपराधिक संगठनको हात रहेको आरोप लगाएका छन् । जेलमा पुनः नियन्त्रणको लागि प्रहरी अधिकारीहरूले काम गरिरहेको मोरेनोले बताएका छन् ।

उक्त विद्रोह रोक्न प्रहरीको सहयोग गर्न सेनालाई पनि खटाइएको उनले बताएका छन् । मानवअधिकारवादी संस्थाले यस हिंसालाई ‘अभूतपूर्व नरसंहार’ को संज्ञा दिदै मुलुकमा सुरक्षाको अभावमा चिन्ता व्यक्त गरेको बताइएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!