ढिलोचाँडो कांग्रेस, जसपा र प्रचण्ड-नेपाल पक्ष मिलेर सरकार बन्छ : हितबहादुर तामाङ

SHARE:

काठमाडौं फागुन १३ । प्रतिनिधिसभाका सांसद एवं नेकपा केन्द्रीय नेता हितबहादुर तामाङले ढिलोचाँडो कांग्रेस, जसपा र नेकपा प्रचण्ड-नेपाल पक्षको संयुक्त सरकार बन्‍ने बताएका छन् । प्रतिनिधिसभा विघटनजस्तो असंवैधानिक, निरंकुश र अलोकतान्त्रिक कदम चाल्ने केपी ओलीको सरकारलाई स्वीकार्न नसक्ने भन्दै सांसद तामाङले नयाँ सरकार आफू रहेको प्रचण्ड-माधव, कांग्रेस र जसपाको सरकार बन्ने बताए ।

काठमाडौंमा बिहीबार एक अनलाइन टेलिभिजनमा अन्तर्वाताका क्रममा पूर्वमन्त्री तामाङले भने, ‘कांग्रेस, जसपालगायत साना दलहरुसँग प्रधानमन्त्री पक्षबाट पनि अप्रत्यक्ष रुपमा छलफल अगाडि बढाइएको छ । प्रचण्ड-नेपाल पक्षले पनि वार्ता अगाडि बढाइरहनु भएको छ । ढिलो चाँडो नेपाली कांग्रेस, जनता समाजवादी प्रचण्ड र माधव पक्षको संयुक्त सरकार बन्ने संकेत देखेछु ।’ कांग्रेस सुरुदेखिनै ओलीको कदमको विरोधमा रहेको उल्लेख गर्दै अलमलमा रहेका देउवाले पनि असंवैधानिक कदम चाल्नेसँग सत्ताका लागि गठजोड नगर्नेमा आफू विश्वस्त रहेको तामाङको भनाइ थिए ।

पूर्वमन्त्री तामाङले विविध कारणले कांग्रेस प्रचण्ड-माधव नेपालले बनाउने सत्ता समीकरणमा आउन बाध्य हुने पनि बताए । ‘आन्तरिक र बाह्य सबै स्थितिले गर्दा कांग्रेसले असंवैधानिक कदम चाल्ने ओली पक्षसँग सत्तामा गठजोड गर्छ भन्नै देखिँदैन । ढिलोचाँडो आउँछ ।’ नेतृत्वको विषयमा अहिले नै टुंगो नलागेको भन्दै उनले संविधान रक्षा र प्राप्त राजनीतिक उपलब्धि जोगाउन कांग्रेसको नेतृत्व स्वीकार्न नेकपा दाहाल नेपाललाई समस्या नरहेको प्रस्ट पारे ।

प्रधानमन्त्री ओलीमा अलिकति पनि नैतिकता, लाज, घिन भएको भए सर्वोच्च अदालतको ११ गतेको फैसलापछि राजीनामा दिइन पर्थ्यो । ओलीले राजीनामा दिएको भए अहिले नयाँ सरकार निर्माणको कोर्स सुरु भइसक्थ्यो भन्दै उनले फेरि प्रधानमन्त्रीले अर्को समस्या खडा गरिराखेको आरोप लगाए । ‘थोरै नैतिकता भएदेखि सर्वोच्च अदालतको फैसलापछि उहाँले राजीनामा दिइसक्नु पर्थ्यो । मार्ग प्रशस्त गरिसकेपछि सरकार क-कसको बन्छ भन्ने कुराको औपचारिक खालको बहस प्रारम्भ हुन्थ्यो । प्रक्रिया अगाडि बढ्थ्यो । तर उहाँले राजीनामा नदिने र अर्को समस्या खडा गरिराख्नु भएको छ ।’

उनले दलको आधिकारिकताका विषयमा निर्वाचन आयोगले बेलैमा काम गर्न नसकेको भन्दै असन्तुष्टि पोखे । भने, ‘आयोगले राम्रो काम गरिराखेको छैन ।’

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!