बेलायतका लागि नेपाली राजदूत रेग्मीले लिए शपथ

SHARE:

काठमाडौं फागुन १३ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संयुक्त अधिराज्य र दक्षिण अफ्रिकाका लागि नेपालका आवासीय राजदूतद्वय लोकदर्शन रेग्मी र डा निर्मलकुमार विश्वकर्माले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित विशेष समारोहमा उनहरुले शपथ लिएका हुन् । सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

बेलायतका लागि नयाँ राजदूतमा नियुक्त भएका रेग्मी नेपाल सरकारका निवर्तमान मुख्यसचिव हुन् । उनी गत जनवरी १८ तारिखमा बेलायतको नयाँ नेपाली राजदूत नियुक्त भएका हुन् ।

लन्डनस्थित नेपाली दूतावास स्रोतका अनुसार नवनियुक्त राजदूत रेग्मी अर्को सातासम्म बेलायत आइपुग्नेछन् ।

यसअघि निवर्तमान राजदूत डा दुर्गाबहादुर सुवेदी पनि आफ्नो कार्यकाल पूरा गरी केही साताअघि नै नेपाल फर्किसकेका छन् । सुवेदी फर्किएपछि दूतावासकी उपनियोग प्रमुख रोशन खनाल कार्यवाहक राजदूतको भूमिकामा छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!