तमु धिं यूकेद्वारा आइतबार बेलायत जनगणना २०२१-सचेतना कार्यक्रम आयोजना

SHARE:

लन्डनमा फागुन १४ । तमु धिं यूकेले यही आइतबार फेब्रुअरी २०२१ का दिन बेलायत जनगणना २०२१-सचेतना कार्यक्रम आयोजना गर्ने भएको छ ।

यूकेवासी नेपालीहरुको हक़ अधिकार र पहिचानको बारेमा ‘Census UK 2021 Meet’ (बेलायत जनगणना २०२१-सचेतना) कार्यक्रम आयोजना गरिएको हो । तमु धिंका महसचिव परशु गुरुङले भर्चुअल रुपमा दिउँसो ३ बजे सुरु हुने कार्यक्रममा सहभागी भइदिन सूचनामार्फत अनुरोध गरिएको छ ।

कार्यक्रममा समिर गुरुङ, मैयाँ केसी र डा कृष्ण अधिकारी वक्ताको रुपमा सहभागी हुने महासचिव गुरुङले जानकारी दिए ।

कार्यक्रमका लागि संस्थाका अध्यक्ष, संस्थापक अध्यक्ष, निवर्तमान अध्यक्ष, पूर्वाध्यक्षहरु, आमा समूहकी अध्यक्ष, तमू धिं इकाईका अध्यक्षहरु, कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरु, सल्लाहकारहरु तथा सम्पूर्ण आजीवन सदस्यहरुलाई निमन्त्रणा पठाइसकिएको उनले बताए ।

तमु धिं यूकेको सूचना

“Census UK 2021 बारे”
आदरणीय अध्यक्षज्यु, संस्थापक अध्यक्षज्यु, निबर्तमान अध्यक्षज्यु, पूर्बाध्यक्षज्युहरु, आमा समुहकी अध्यक्षज्यु, तमूधी इकाईका अध्यक्षज्युहरु, कार्यसमितिका सम्पूर्ण पदाधिकारीज्युहरु श्रद्दये सल्लाहकारज्युहरु तथा सम्पूर्ण आजीवन सदस्यज्युहरुमा हार्दिक अभिबादन ।
तमूधीं यूकेले यहीं आउंदो आईतबार २८ फेब्रुवरी २०२१ को अपराह्न हामी यूकेबासी नेपालीहरुको हक़ अधिकार र पहिचानको बारेमा “Census UK 2021 Meet” (बेलायत जनगणना २०२१ – सचेतना) कार्यक्रमको आयोजना गरिएको छ । उक्त कार्यक्रममा देहायमा उल्लेखित महानुभाबहरुबाट आफ्नो प्रस्तुतिहरु राख्नु हुनेछ ।

तसर्थ उक्त दिनमा समस्त महानुभावहरु यस कार्यक्रममा जुम
लिंकमा दिएको समयमा (३ बजे) सहभागी भई दिनुहुन बिनम्र अनुरोध गर्दछु ।

बक्तहरु:
१. समिर गुरुँग
२. मैयां केसी
३. डा कृष्ण अधिकारी

धन्यबाद ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!