नेकपा ओली समूहका मुख्य सचेतकमा भट्टराई, गुरुङलाई हटाइयो

SHARE:

काठमाडौं फागुन १४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी ओली समूहको संसदीय दलको प्रतिनिधिसभातर्फका मुख्य सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरिएको छ । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले खोटाङबाट निर्वाचित भट्टराईलाई शुक्रबार प्रमुख सचेतकमा नियुक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले नेकपा सङ्घीय संसदीय दलको विधान, २०७५ को दफा १३ बमोजिम उनलाई मुख्य सचेतकमा नियुक्त गरेका हुन् । यसअघि संसदीय दलका मुख्य सचेतकमा देवप्रसाद गुरुङ रहेका थिए ।

पुस ५ गते ओलीले प्रतिनिधिसभा नै विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित छ । प्रचण्ड नेपाल समूहमा रहेका गुरुङलाई प्रमुख सचेतकबाट हटाइएको हो । तर प्रचण्ड-नेपाल पक्षले ओलीलाई संसदीय दलको नेताबाटै हटाइसकेको छ । उनको ठाउँमा प्रचण्ड नियुक्त भएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!