लन्डन फागुन १४ । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूके, राज्य समन्वय परिषद्, इंग्ल्यान्डले आगामी २१ मार्चमा बेलायतमा हुने जनगणनालाई प्रभावकारी रुपमा काम गर्न विभिन्न विधाहरुलाई समेटेर उपसमितिहरु बनाएको छ ।
अध्यक्ष दीपक श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले महिला, गोर्खा, युवा, क्षेत्रीय र जातीय संस्थाहरुलाई समेटेर उपसमितिहरु निर्माण गरेको हो ।
नवगठित उपसमितमा संघसंस्था समन्वय कोअर्डिनेसनमा इंग्ल्याण्ड राज्य परिषद् अध्यक्ष दीपक श्रेष्ठ, सहसंयोजकद्वयमा गजेन्द्र कटुवाल र महेश अधिकारी, गोर्खा कोअर्डिनेटर महेन्द्र लिम्बु, हेल्प कोअर्डिनेटर पुण्य रेग्मी, सिनियर सिटिजन कोअर्डिनेटर कुमार श्रेष्ठ, मिडिया कोअर्डिनटर श्याम लुइँटेल, मोबाइल सपोर्ट कोअर्डिनेटर विक्रम भट्टराई, इथ्निङक कोअर्डिनेटरमा रामधन राई, भोलिण्टियर कोअर्डिनेटर जीवन सेन, आईटी कोअर्डिनेटर ह्यारी गुरुङ, सहसंयोजकद्वयमा सन्तोष मण्डल, अभि महर्जन, वुमेन कोअर्डिनेटर प्रसुना कंडेल, युथ कोअर्डिनेटर अहिल्या कुँवर र सहसंयोजक गणेश खड्का रहेका अध्यक्ष दीपक श्रेष्ठ र सचिव गोविन्द खरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।
आगामी जनगणना २०२१ मा सम्पूर्ण नेपाली हरुलाई समावेश गरी नेपाली भनेर चिनिने पहिचानको सुनिस्चित गर्ने उद्देश्यसहित, इंग्ल्यान्डभित्र रहेका स्थानीय तथा जातीय संघ-संस्थाहरु संग समन्वय गर्ने कार्यलाई तीब्रताका साथ लगिरहेको उल्लेख गर्दै कार्यक्रमलाई चुस्त दुरुस्त बनाउनका लागि तथा इंग्ल्याण्डभरि छरिएर रहेका नेपाली दाजुभाइ तथा दिदी-बहिनीहरुलाई प्रत्यक्ष रुपमा सहयोग प्रदान गर्नको लागि इंग्ल्याण्डका सम्पूर्ण क्षेत्र समेट्ने गरी तथा विभिन्न विधाहरुलाई समेटेर उपसमितिको गठन गरिएको प्रस्ट्याइएको छ ।







