
लन्डन फागुन १५ । कोरोना भाइरस संक्रमणका कारण बेलायतमा पछिल्लो २४ घन्टामा थप २९० जनाको भएको छ ।
‘डिपार्टमेन्ट अफ सोसल केयर’ ले जानकारी शनिबार दिएको जानकारी अनुसार बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख २२ हजार ७०५ पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा ७ हजार ४३४ जना नयाँ संक्रमित थपिएका छन् ।
संक्रमित संख्या सन् २०२१ शुरु भएयाताकै सबैभन्दा कम हो । थपिएका नयां संक्रमितसंगै बेलायतमा कोरोना संक्रमितको संख्या ४१ लाख ७० हजार ५१९ पुगेको छ ।
यसैबीच बेलायतमा हालसम्म दुई करोड भन्दा बढी डोज भ्याक्सिन वितरण भैसकेको छ । शनिबारसम्म खोपको पहिलो तथा दोस्रो डोज लगाउनेको कुल संख्या दुई करोड ४ लाख ५० हजार ८५८ पुगेको छ ।
कोरोना विरुद्धको खोप अभियान शुरु भएयता बेलायतमा एक करोड ९६ लाख ८२ हजार ४८ जनाले पहिलो डोज लिएका छन् । यसैगरी ७ लाख ६८ हजार ८१० जनाले खोपको दोस्रो डोज लिएका छन् ।






