बेलायत, नेपालसहित विश्‍वभर मनाइयो ३९ औं मगर स्थापना दिवस

SHARE:

 

लन्डन फागुन १६ । ३९ औं मगर स्थापना दिवस, देश तथा विदेशमा रहेका मगर सङ्घ तथा सङ्घका भातृसंगठनहरुले विविध कार्यक्रम गरी मनाएका छन् ।

शनिबार २७ फेब्रुअरीका दिन मगर समुदायले विभिन्‍न कार्यक्रम गरी मगर दिवस मनाएका हुन् । मगर संघ यूकेले जूमको माद्य्यमबाट भर्चुअली ३९औं मगर एकता दिवस र १४४ औं प्रथम सहिद क्या. लखन थापा मगर स्मृति दिवस मनाएको छ ।

प्रमुख अतिथि संस्थापक महासचिव सुरेश आले मगरको आतिथ्यमा धेरैभन्दा धेरै जना सहभागी भइ भव्य अनि सभ्य तरिकाले कार्यक्रम सम्पन्न भएको मगर संघ यूकेकी ट्रष्टि गोमा रानाले जानकारी दिइन् ।

२०३९ साल फागुन १५ गते स्वर्गीय हेमबहादुर पुनको अध्यक्षतामा तनहुँमा नेपाल लाङ्घाली परिवार सङ्घको प्रथम अधिवेशन भएको थियो । यसैको सम्झनामा मगर सङ्घ र यससँग सम्बन्धित सङ्घ संस्थाहरुले स्थापना दिवसको रुपमा हरेक वर्ष विभिन्न कार्यक्रम गरी मनाउने गर्छन् ।

मगर एकता, भाषा, संस्कृतिको रक्षा र अधिकार प्राप्तिका लागि स्थापना भएको लाङ्घाली परिवार सङ्घपछि नेपाल मगर सङ्घमा परिवर्तन भएको मगर सङ्घका संस्थापक महासचिव सुरेश आले मगरले जानकारी दिए ।

मगर सङ्घका केन्द्रीय अध्यक्ष नवीन रोकामगरका अनुसार २०१२ सालमै मगर समाज सुधार समितिको नाउँमा गुल्मीको भार्सेमा मगरहरुको पहिलो संगठन बनेको भनिए पनि मगर सङ्घले २०३९ साल फागुन १५ लाई नै सङ्घको स्थापना दिवसको रुपमा मनाउँदै आएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!