प्रतिनिधिसभा विघटन अघिका ३२ विधेयक प्रतिनिधिसभामा पेश हुने

SHARE:

काठमाडौं फागुन १६ ।

हाल प्रतिनिधिसभामा पेश हुने प्रक्रियामा ३२ विधेयक रहेका छन् ।

तीमध्ये दर्ता भएर वितरण गरिएका आठ, समितिमा विचाराधीन १०, सभामा विचाराधीन १२ र राष्ट्रियसभाबाट प्राप्त सन्देश पेश हुन बाँकी दुई विधेयक रहेको सचिवालयका सूचना अधिकारी दशरथ धमलाले जानकारी दिए ।

संघीय संसद्को पहिलो अधिवेशन विसं २०७४ फागुन २१ गतेदेखि चैत २० गतेसम्म भएको थियो । संसद्को दोस्रो अधिवेशन विसं २०७५ वैशाख २३ गतेदेखि असोज ११ गतेसम्म, तेस्रो अधिवेशन विसं २०७५ पुस ११ गतेदेखि चैत १० गतेसम्म, चौथो अधिवेशन विसं २०७६ वैशाख १६ गतेदेखि असोज २ गतेसम्म भएको थियो ।

त्यस्तै संसद्को पाँचौ अधिवेशन विसं २०७६ पुस ४ गतेदेखि चैत २४ गतेसम्म र छैटौँ अधिवेशन विसं २०७७ वैशाख २६ गतेदेखि असार १८ गतेसम्म चलेको थियो । संघीय संसदमा दुवै सभातर्फ दर्ता भएका सन्धि÷सम्झौताको संख्या १४ छ । उक्त छ सन्धी÷सम्झौता दुवै सभाबाट अनुमोदन भएका छन् भने आठ सन्धी÷सम्झौता सदस्यलाई वितरण मात्र भएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!