बेलायतको जनगणनामा ‘नेपाली’ लेख्न एनआरएनए र सिएनएस यूकेको अपील

SHARE:

लण्डन । एनआरएनए यूके र सेन्टर फर नेपाल स्टडिज (सिएनएस) यूकेले यही मार्च २१ तारिखमा बेलायतमा हुन गइरहेको जनगणनामा इथ्निसिटी र मुख्य भाषामा नेपाली लेख्न अपील गरेको छ ।

एनआरएनए यूके, एनआरएनए इङल्याण्ड र वेल्स राज्यसमितिहरु र सिएनएस यूकेले संयुक्त रुपमा प्रकाशित गरेको न्यूजलेटरमा सो अपील गरिएको हो ।

न्यूजलेटरमा जनगणनाको व्यक्तिगत विवरणका लागि सोधिएको प्रश्न नम्बर १५, ‘इथ्निक ग्रुप’ मा ‘सी’ खण्डमा गई पाँचौँ बाकसमा ‘एनी अदर एसिएन ब्याकग्राउण्ड’ मा टिक लगाई ‘नेपाली’ लेख्न वा कम्प्युटरबाट भर्दा ‘नेपाली’ छान्न अनुरोध गरिएको छ । त्यस्तै, प्रश्न नम्बर १८ को मुख्य भाषाको प्रश्नमा ‘अदर’मा टिक लगाई ‘नेपाली’ लेख्न वा कम्प्युटरमा भर्दा ‘नेपाली’ छान्न अपील गरिएको छ ।

बेलायतमा नेपालीको अलग पहिचान स्थापना गर्न लामो समयदेखि एनआरएनए यूके र सिएनएस यूकेले संयुक्त रुपमा विभिन्न कार्य गर्दै आएको उल्लेख गर्दै न्यूजलेटरमा बेलायतमा हुन लागिरहेको जनगणनालाई अवसरका रुपमा उपयोग गर्न अपील गरिएको छ ।

नेपाली संघसंस्थाहरुलाई प्रचारात्मक चेतनामूलक कार्य गर्न, आफ्ना छरछिमेक, टोलछिमेकमा जनगणनाको फाराम भर्न नसक्नेहरुलाई सहयोग गर्न पनि बेलायतका विभिन्न नेपाली संघसंस्थाहरुलाई अपील गरिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!