बेलायतमा २१ दिने रेकि ध्यान साधना सञ्चालन

SHARE:

लन्डन ५ मार्च

बेलायतमा २१ दिने रेकि ध्यान साधना निरन्तर सन्चालन भैरहेको छ।

बेलायतको कोरोना महामारिको कारण गरिएको तेस्रो लकडाउन लाइ सदुपयोग गर्दै हिमालयन योगा र रेकि मेडिटेसन स्टुडियो यु के का डाइरेक्टर एबम रेकि मास्टर नगेन्द्र नेम्बाङ्गले अनलाइन भर्चुअल जुम द्वारा सन्चालन गरेका हुन् । पहिलो समुह जनवरि १ देखी जनवरी ३१ सम्म सन्चालन भएको थियो भने दोस्रो समुह फेब्रुअरी १ देखी फेब्रुअरी २१ तारिखसम्म सञ्चालन भएको थियो भने अहिले तेस्रो समुह मार्च १ देखी मार्च २१ तारिख सम्म प्रत्येक दिन अपरान्ह ४ बजे सन्चालन भैरहेको छ।

मनोक्रान्ती नेपालका रेकि मास्टर गुरुमा कमलेस्वरीको करुणामय श्रवणमा औडियो म्युजिक प्ले गरेर सेल्फ हिलिङ्ग प्राक्टिस गरिएको हो साधनामा दैनिक १५ १६ जनाले निरन्तर भाग लिइ रहेका छन । रेकि प्रथम एक दिनको दिक्षा र २१ दिनसम्म दिनको एक घन्टा गरि हिलिङ प्राक्टिस गर्नु पर्छ । रेकि मा सहभागी हरुले रेकिको भरपुर लाभ उठाइ अनुभव यसरी बताउछन् । सुर्य राइ भन्छन् आखाको ज्योती बड्यो खानाको एलर्जी हट्यो त्यसैगरी हाङ्मा सिरि लिम्बु लुम्फुङ्वाले रिस उठ्ने बानी हरायो मन समुन्द्र जस्तै भएको छ आधा टाउको दुख्ने माइग्रेनको समस्या हट्यो भन्छन् , अनिद्राको सम्स्या थियो त्यो पनि हट्यो अहिले मज्जाले निद्रा लाग्ने बताए । बिमला निलिमा भन्छिन् ग्यास्टृक सन्चो भएको छ मनमा आनन्द आउन्छ।

अर्का सहभागी दुर्गा पाङ्ग्मा भन्नुहुन्छ शरिरको आधा भाग अति नै दुख्ने खुट्टा टेक्दा कुर्कुचा दुख्ने समस्या थियो अहिले सन्चो भयो भन्दै रेकि प्रती कृतज्ञता व्यक्त गर्छन्। त्यसैगरी समाजसेवी तथा सन्चारकर्मी गोमा राना भन्छिन् एकै छिन टिक्न नसक्ने अनियन्तृत मनलाइ केहि हदसम्म नियन्त्रण गरि आनन्द प्राप्त गर्न सक्ने भएकी छु रेकि सिकेर । महङ्गो बिस्तारामा अनिद्रामा छटपटिनुभन्दा समयमा नै रेकि सिकेर अनिद्राको समस्याबाट मुक्त रहन आफ्ना आफन्त सबैजनालाइ सल्लाह सुझाव दिन्छिन् । उमेरले ६९ वर्ष पुगेका सहभागी खर गुरुङको नारा बाहिर शरिर चलिरहनु पर्छ भित्र बति बलिरहनु पर्छ भन्दै आफ्ना आफन्तलाइ योग ध्यान रेकि साधनामा सहभागी गराइरहेका छन् ।

कोरोनाबिरुद्ध गुरु डाक्टर योगि बिकासानन्द ज्युको १० वटा नेचुरल भेक्सिन लाइ ब्यबहारमा ल्याउने जोड दिन्छन् । गरिव असहायहरुलाइ सहयोग गरि पुन्य कमाउनमा पनि जोड दिन्छन् । अर्का सहभागी ड्राइभिङ इन्स्ट्रक्टर गोप बहादुर सिङ्जाली मगर भन्छन् रेकिले कृएटिभ बनाएको छ नया नया कुरा सिकिरहेको छु जिवनमा सफल हुनका लागी अहिलेको टेक्नोलोजिलाइ प्रयोगमा ल्याउन सक्नु पर्छ । योगा हिमालयन एन्ड रेकि मेडिटेसन स्टुडियो यु के बाट रेकि ध्यान साधना बाहेक निसुल्क बैज्ञानिक मनोक्रान्ती योग अभ्यास पनि उति नै सन्चालन भै रहेको छ योगबाट पनि बेलायतबासी नेपाली समाजहरुले भरपुर लाभ लिरहेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!