
आमा मेरो प्रश्न तिमीलाई
चिम्खोले काईला
ब्रमाण्डको आधा आकाश ढाक्ने नारी तिमी
पृथिवीको आधा क्षेत्रफल ढाक्ने नारी तिमी
ब्रमाण्डको शृष्टिकर्ता आमा हौ तिमी
पृथ्वीको शृष्टिकर्ता आमा हौ तिमी
महान बैज्ञानिक छोराहरु जन्माउने आमा हौँ तिमी
महान बैज्ञानिक छोरीहरु जन्माउने आमा हौँ तिमी
महान डाक्टर छोराहरु जन्माउने आमा हौँ तिमी
महान डाक्टर छोरीहरु जन्माउने आमा हौँ तिमी
महान राजनीतिज्ञ छोराहरु जन्माउने आमा हौँ तिमी
महान राजनीतिज्ञ छोरीहरु जन्माउने आमा हौँ तिमी
महान समाजसेवी छोराहरु जन्माउने आमा हौँ तिमी
महान समाजसेवी छोरीहरु जन्माउने आमा हौँ तिमी
महान दार्शनिक छोराहरु जन्माउने आमा हौँ तिमी
महान दार्शनिक छोरीहरु जन्माउने आमा हौँ तिमी
महान कलाकर्मी छोराहरु जन्माउने आमा हौँ तिमी
महान कलाकर्मी छोरीहरु जन्माउने आमा हौँ तिमी
म गर्भकोसाथ भन्न सक्छु
म ढुक्क भएर भन्न सक्छु
अनुराधा कोइराला जन्माउने आमा हौ तिमी
सुशिला कार्की जन्माउने आमा हौ तिमी
बिध्यादेबी भण्डारी जन्माउने आमा हौ तिमी
ओनसरी घर्ति जन्माउने आमा हौँ तिमी
आमा तर मेरो देशमा किन ?
निर्मला पन्तको बलात्कारपछि हत्या भैरहेछ
भागीरथी भट्टको बलात्कारपछि हत्या भैरहेछ
नेपाली चेलीहरुको बलात्कारपछि हत्या भैरहेछ
नेपाली बुहारीहरुको बलात्कारपछि हत्या भैरहेछ
आमा मेरो प्रश्न तिमीलाई
किन मेरो देशमा भाउज्युको अस्मिता बिक्रि हुँदैछ ?
किन मेरो देशमा दिदीको अस्मिता बिक्रि हुँदैछ ?
किन मेरो देशमा बहिनीको अस्मिता बिक्रि हुँदैछ ?
किन मेरो देशमा भान्जीको अस्मिता बिक्रि हुँदैछ ?
आमा तिमीलाई राष्ट्रपति बनाएर के भयो ?
महिलालाई हक अधिकार दिन सक्दैनौं भने
आमा तिमीलाई सभामुख बनाएर के भयो ?
कानुनको मस्यौदा संसदमा पारित गर्न सक्दैनौं भने
तिमीलाई प्रधान न्यायधिश बनाएर के भयो ?
बलात्कारीलाई सजाय दिन सक्दैनौं भने






