युके फागुन २५ ।

लन्डन फागुन २६ । तमु धिं यूकेको ११औं कार्यसमितिको पहिलो बैठकबाट सल्लाहकार चयन गरिएको छ ।
अध्यक्ष हितकाजी गुरुङको अध्यक्षतामा शनिबार बसेको बैठकमा उपाध्यक्ष हरि गुरुङबाट स्वागत मन्तव्य दिएका थिए । बैठकमा सम्पूर्ण कार्यसमिति सदस्यहरुलाई आआफ्नो कार्यको विभाजन गरिएको थियो । साथै अध्यक्ष हितकाजी गुरुङ तथा सम्पूर्ण कार्यसमितिको तर्फबाट कोरोना र अन्य कारणबाट मृत्यु हुनेहरुप्रति मृत आत्माको चिरशान्तिको कामना गरिएको छ ।
संस्थाप्रति सम्पूर्ण कार्यसमति सदस्यहरुको समान अधिकार साथै समान दायित्य हुने अध्यक्ष हितकाजी गुरुङले बताए । उपाध्यक्ष हरि गुरुङलाई नेपाली मेलाको र उपाध्यक्ष जुमकाजी गुरुङलाई ल्होछार कार्यक्रमको जिम्मेवारी दिइएको छ ।






