सत्ता सहकार्यका लागि एमाले र जसपाद्वारा वार्ता टोली गठन

SHARE:

काठमाडौं फागुन २५ ।


पछिल्लो समय सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकीकरणलाई मान्यता नदिएपछि अब संसदमा दुबै दल पूर्व दलको हैसियतमै क्रियाशील हुने भएका छन् ।

यसैले पनि वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार कायम राख्न एमालेले अर्को दलको साथ लिनुपर्नेछ । यस कारण अब नेताहरुले कसरी अगाडि बढ्ने भन्ने सोचनीयमा छन् । उनीहरुले विभिन्नदलका नेताहरुसँग सहकार्य गर्दै अगाडि बढ्ने निर्णय समेत गरेका छन् । यसका लागि छलफललाई पनि तिब्र बनाएका छन् । यता नेकपा एमाले र जनता समाजवादी पार्टीले सत्ता साझेदारीका लागि वार्ता टोली गठन गरेका छन् । एमालेले सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेल र जसपाले लक्ष्मणलल कर्ण र सर्वेन्द्रनाथ शुक्ल रहेको वार्ता टोली बनाएको छ ।

दुई पार्टीको वार्ता टोलीबीच सत्ता सहकार्यलगायतका विषयमा छलफल भएको छ । यसअघि २३ फागुनको विहान जसपाका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए । त्यसपछि दुई पार्टीले वार्ता टोली बनाएको जसपा स्रोतले बताएको छ । यसैबीच नेपाल कम्युनिस्ट पार्टी ९माओवादी० केन्द्रले पनि सरकार गठनबारे नेपाली कांग्रेस र जनता समावादी पार्टीसँग वार्ता गर्ने भएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!