बेलायतको जनगणनामा जातिय समूहमा ‘नेपाली’ लेख्न भूपू गोर्खाहरुको अपील

SHARE:

लण्डन । बेलायतको जनगणनामा इथ्निसिटी तथा मुख्य भाषामा ‘नेपाली’ लेख्न गोरखा भूतपूर्व सैनिक संघसंस्थाहरुले अपील गर्ने भएका छन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय समितिको गोरखा सैनिकसम्बन्धी कार्यदलले शनिबार आयोजना गरेको बैठकमा उनीहरुले यस्तो निर्णय गरेका हुन् ।
कार्यदलका संयोजक लेफ्टिनेण्ट रिटायर्ड चन्द्रबहादुर गुरुङका अनुसार बैठकमा गोरखा भूतपूर्व सैनिकका सबै संघसंस्थाका नेतृत्वकर्ताहरुको उपस्थिति रहेको थियो । बैठकले बेलायतको राष्ट्रिय जनगणनालाई नेपालीहरुको एकता प्रदर्शन गर्ने अवसरका रुपमा लिई नेपालीको अलग्गै जातिय समूह खडा गर्नमा केन्द्रीत गर्नुपर्ने निस्कर्ष निकालेको थियो । त्यसका लागि इथ्निसिटी तथा मूल भाषाको प्रश्नमा ‘नेपाली’ लेख्ने बैठकले निर्णय गरेको हो ।
यस्तै, इङल्याण्ड र वेल्सको जनगणनामा प्रश्न नम्बर ३२ मा सोधिएको सैन्य सेवामा काम गरेको हो कि होइन भन्ने प्रश्न नछुटाउन पनि बैठकले भूपू सैनिकहरुलाई अनुरोध गर्ने निर्णय गरेको छ । धर्मको बारेमा भने व्यक्तिको आफ्नो निर्णय भएकाले केही पनि सुझाव दिइएको छैन ।
यसैगरी, गोरखाहरुको समस्या समाधानका लागि प्राविधिक समिति गठन गरेका छन् जसमा सबै गोरखा संस्थाका अध्यक्ष तथा काजी शेर्पा, सुन बहादुर तामांग र पुनम गुरुङ रहेका छन् । सो समितिले गोरखाहरुका गोरखाहरुको नागरिकताको निरन्तरता लगायतका समस्याहरुका बारेमा छलफल गरी समाधानका उपाय सुझाउने छन् । यस्तै, बैठकले नेपालमा राजनीतिक पार्टीहरुसित लबिङ गर्नका लागि जाने योजनालाई कोभिड १९ का कारण अहिले स्थगित गरेका छन् ।
बैठकमा ब्रिटिश गोरखा वेलफेयर सोसाइटी (बिजीडब्ल्यूएस) का अध्यक्ष मेजर रिटायर्ड टिकेन्द्रदल देवान, गोरखा भूतपूर्व सैनिक संघ (गेसो) का उपसभापति धर्मबहादुर तामाङ, गोरखा सत्याग्रहका निर्देशक ज्ञानराज राई, ब्रिटिश गोरखा नेपाली नागरिकता निरन्तरता संघर्ष समितिका संयोजक थर्कबहादुर राना, प्रवक्ता होम सुनुवार र सुनबहादुर तामाङ, काजी शेर्पालगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी नभए पनि नेपाल भूतपूर्व सैनिक संघका युके अध्यक्ष केशबहादुर गुरुङले सहमति जनाएका थिए ।
यसैगरी, एनआरएनएका अन्तर्राष्ट्रिय समन्वय समितिका सदस्य योगकुमार फगामी, एनआरएनए युकेका अध्यक्ष पुनम गुरुङ, कार्यदलका सचिव हरि गुरुङ, मेजर रिटायर्ड कृष्णबहादुर गुरुङ, तमुधिँ युकेका पूर्व अध्यक्ष कमल गुरुङ, सहारा युकेका पूर्व अध्यक्ष मिनबहादुर गुरुङलगायतको उपस्थिति रहेको थियो ।
यसअघि शुक्रबार साँझ नेपाल अध्ययन केन्द्र (सिएनएस) युकेको आयोजनामा बिजिडब्ल्यूएस, गेसो, नेसा, गोरखा सत्याग्रह र एनआरएनए युकेको नेतृत्वसित जनगणनामा एकरुपता कसरी अपनाउने बारेमा छलफल भएको थियो । सो छलफलमा पनि सबै संस्थाका प्रतिनिधिहरुले जातिय समूह र मुख्य भाषामा ‘नेपाली’ लेख्नेमा एकमत जाहेर गरेका थिए ।
भूतपूर्व गोरखा सैनिक संस्थाहरुको यो संयुक्त पहलसँगै केही मानिसहरुमा रहेको इथ्निसिटीमा के लेख्ने भन्ने अन्यौल हटेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!