बिसीसी युकेको नवनिर्वाचित कार्यसमितिबीच एकअर्का परिचय

SHARE:

लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेको हालै निर्वाचित चौंथो कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुबीच एकअर्कामा परिचय गरेको छ । गत २८ फेब्रुअरीका दिन सम्पन्न साधारणसभाले धर्म तामाङ्गका अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको थियो । उक्त चौथों कार्यसमितिको गत बुधबार साँझ बसेको भर्चुयली पहिलो बैठकमा कार्यसमितिका पदाधिकारी तथा सदस्य, आमा समूह, सल्लाहकार, गर्भनर बडी बीच एकअर्कामा परिचय भएको हो । रिक्त रहेको कार्यसमितिको विभिन्न पदमा चयन भएका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई बिसीसी गुम्बामा टुल्कु रिन्पोछे र खेन्पोले पद तथा गोपनियताको सपथ गराएका थिए ।

बैठकमा उपाध्यक्ष रोबिन गुरुङले कार्यसमितिका पदाधिकारी, सदस्य, सल्लाहकार, गर्भनर बडीका सदस्यहरुको परिचय गराएका थिए भने आमा समूहकी सचिव शारदा गुरुङले आमा समूहका पदाधिकारी, सदस्य र सल्लाहकारहरुको परिचय गराएकी थिईन् ।उक्त बैठकमा तेश्रो कार्यसमितिका महासचिव रोबिन गुरुङलाई उपाध्यक्ष, विभिन्न संघसंस्थामा आवद्ध हुदै आएका क्या. देव घलेलाई महासचिव, पञ्च तामाङ्गलाई कल्चरल सेक्रेटरीको जिम्मेवारी प्रदान गरेको जानकारी गराइएको थियो । त्यस्तै, रिक्त रहेको अन्य पदहरुमा चयन भएका व्यक्तिहरुको समेत परिचय दिइएको थियो ।

जुम प्रविधिको उपयोग गर्दै भर्चुयली बसेको बैठकमा संस्थापक अध्यक्ष ले. काजी शेर्पा, पूर्व अध्यक्ष ले. नारायण प्रसाद गुरुङ बिएमई, निवर्तमान अध्यक्ष नरेश गुरुङ, पूर्व आमा प्रमुख ज्ञानुमाया गुरुङ, निवर्तमान आमा प्रमुख पुष्पा गुरुङ, गर्भनर बडीका डा. कपिल शर्मा, मेजर खिम गौचन, मेजर कुल बहादुर थापा, सल्लाहकार मेजर खुशीमान गुरुङ, सल्लाहकार नन्द कुमारी गुरुङ लगायतले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई बधाई दिदैं सफल कार्यकालको शुभकामना मन्तब्य प्रकट गरेका थिए । त्यस्तै, नवनिर्वाचित अध्यक्ष धर्म तामाङ्ग र आमा प्रमुख उर्मिला (इन्द्र) गुरुङले सबैको साथ र सहयोगको अपेक्षा गर्दै बिसीसी युकेलाई अझ अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

करीब ४ घण्टासम्म संचालन भएको बैठकमा बिसीसी युकेको बार्षिक कार्यक्रम, लकडाउन, बौद्ध शिक्षा अध्ययन लगायतका बिषयमा व्यापक रुपमा छलफल गरेको थियो ।त्यस्तै, सोही दिनको दिउँसो बिसीसी युकेको परिसर भित्र निवर्तमान अध्यक्ष नरेश गुरुङले संस्थापक अध्यक्ष ले. काजी शेर्पाको बिशेष उपस्थितिमा नवनिर्वाचित अध्यक्ष धर्म तामाङ्ग र कोषाध्यक्ष मेजर हितमान गुरुङलाई संस्थाको हिसाव किताब हस्तान्तरण गरेका थिए ।बिसीसी युकेका अध्यक्ष धर्म तामाङ्गको अध्यक्षतामा बसेको बैठकमा उपाध्यक्ष हर्क गुरुङले स्वागत मन्तब्य राखेका थिए भने उपाध्यक्ष रोबिन गुरुङले कार्यक्रम संचालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!