प्रवासी नेपाली एकता मञ्‍च यूकेद्वारा राजदूत रेग्मीलाई स्वागत र सम्मान

SHARE:

लन्डन फागुन २८ । साविक नेकपा ओली समूह निकट प्रवासी नेपाली एकता मंच युकेले बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मीलाई स्वागत र सम्मान गरेको छ ।

भक्त गुरुङको अध्यक्षमा बुधबार भर्चुअल रुपमा भएको कार्यक्रममा बेलायतस्थित नेपालीको समस्या समाधान गर्न दुतावास रहने अपेक्षा कार्यक्रममा सहभागी मंच युकेका नेताहरुले गरेका थिए । सम्मान ग्रहण गर्दै राजदूत रेग्मीले आफू भूतपूर्व गोर्खाहरुका समस्याबारे अवगत रहेको र वार्ताद्वारा उक्त समस्याको समाधान गर्न आफुले सक्दो प्रयास गर्ने बताए । गत साता राजदुत रेग्मीले जिम्मेवारी सम्हालेपछि र दुतावासका नयाँ डिसिएस रोशन खनालले कार्यभार सम्हालेपछि उक्त सम्मान गरिएको हो ।

आफ्नो सम्मानमा बुधबार सांझ आयोजित भर्चुएल समारोहलाई सम्बोधन गर्दै राजदूत रेग्मीले नेपाल र बेलायतबीचको बहुआयामिक सम्बन्धलाई थप समृद्ध बनाउन आफुले कुनै कसर बांकी नराख्ने जनाए । उनले यहाँस्थित नेपाली संघसंस्थासंग सहकार्य गरेर अगाडी बढ्ने बताए ।

स्वागत कार्यक्रममा लन्डन स्थित नेपाली दूतावासकी उपनियोगप्रमुख रोशन खनालले बेलायतस्थित नेपाली समुदाय अत्यन्तै परिपक्व र विविधतायुक्त रहेको बताइन् । उनले नेपाली दूतावासबाट प्रदान गरिने सेवाहरु प्रभावकारी र छिटोछरितो बनाउन दूतावासले प्रयास गरीरहेको बताउंदै बेलायतस्थित नेपाली समुदायसंग रहंदै आएको असल सम्बन्ध कायमै रहने विश्वास गरिन ।

महासचिव सुरेशजंग शाहले संचालन गरेको कार्यक्रममा अध्यक्ष भक्त गुरुङले दुतावाससँग मिलेर काम गर्न तयार रहेको बताए । उक्त सम्मान कार्यक्रममा स्वागत अभिनन्दन पत्रको बाचन वालकन्या केनिशा गौतमले बाचलन गरेकी थिइन ।

कार्यक्रममा पुर्व अध्यक्षहरु दिनेश घिमिरे, रामशरण सिंखडा, कर्णबहादुर शाहीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा उपाध्यक्ष रमेश बास्तोलाले स्वागत मन्तव्य राखेका थिए भने कन्याकुमारी पुजा क्षेत्रीले धन्यवाद दिएकी थिइन । कार्यक्रममा उपाध्यक्ष रमेश बास्तोलाले स्वागत मन्तव्य राखेका थिए । त्यस्तै, माल्टाका समाजजसेवी तथा व्यसायी भवन अर्याल, मंचका नेताहरु अर्जुन चापागाई, नारायण कँडेल , रामकुमार गुरुङ, तारा भण्डारी, विदुर खत्री ,केदार थपलियालगायतले पनि स्वागत मन्तव्य राखेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!