चैत २१ गतेदेखि १९ औं संस्करणको आहा ! रारा गोल्डकप हुने, सहारा यूकेबाट प्राप्त आकर्षक ट्रफी हस्तान्तरण

SHARE:

यस वर्ष प्रतियोगितामा विदेशी एकसहित ८ टिम सहभागी हुने

दीननाथ बराल

पोखरा १, चैत । पोखरामा यही चैत २१ गतेदेखि १९ औं संस्करणको मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लबस्तरीय आमन्त्रित आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता २०७७ हुने भएको छ । प्रतियोगिता पोखरा रंगशालामा चैत २१ गतेदेखि चैत २८ गतेसम्म हुने भएको सहारा क्लबले शनिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।

क्लबले यसअघि चैत १७ गतेबाट उक्त प्रतियोगिता सुरु हुने पूर्व घोषणा गरे पनि यसपाली ८ टिम मात्र सहभागी हुने भएकोले चैत २१ गतेबाट प्रतियोगिता हुने भएको क्लबका अध्यक्ष केशव बहादुर थापाले बताए । प्रतियोगितामा विदेशी एक क्यामरुनको अफ्रिकन रुट एसोएसन, डउला, ६ वटा नेपालका ए डिभिजनका क्लब र आयोजक सहारा क्लब सहित ८ टोलीको सहभागीता रहेको उनले जनाए । त्यसैगरी प्रतियोगितामा नेपाल आयल निगम मनाङ मस्याङ्दी क्लब, विभागिय टोली नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको ए.पि.एफ.क्लब, रुस्लान थ्रि—स्टार क्लब, संकटा क्लब र मछिन्द्र क्लब सहभागी हुने भएका छन्।

“खेलकुदको विकासमा सहकार्य गर्रौ, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं” भन्ने उद्देश्यका साथ आयोजना हुने उक्त प्रतियोगिताको विजेता टोलीले उपाधिसहित १० लाख १ हजार साथमा मेडल प्रमाण पत्र प्राप्त गर्ने भएको छ । उपबिजेता हुने टोलीले ट्रफीको साथमा ५ लाख १ हजार रुपैया साथमा मेडल प्रमाण पत्र प्राप्त गर्ने भएको छ । गत वर्षको विजेता मनाङ्ग मर्यास्याङ्गदी क्लब हो भने उपविजेता नेपाल पुलिस क्लब रहेको थियो ।

“आत्मा साँक्षी राखि मन, वचन र कर्मले समाजिक सेवा गरौं” भन्ने उद्देश्यका साथ वि. स. २०५५ सालमा पोखराको पुरानो बसपार्कमा स्थापित यस सहारा क्लब पोखराले आयोजन गर्ने प्रतियोगिताबाट बचत रकम सहारा एकेडेमीमा रहेका १४ जिल्लाका २४ जना वालकहरुको भरणपोषणमा खर्च गर्दै आएको क्लबले जनाएको छ । प्रतियोगितालाई पहिलो संस्करण देखी नै मुख्य प्रायोजकको रुपमा बहुचर्चित मोफसलको व्यापारिक प्रतिष्ठान हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउले गर्दै आएको छ ।

प्रतियोगिताबाट १ करोड २९ लाख १ हजार रुपैया आम्दानी गर्ने लक्ष्य राखिएको महासचिब रामजी प्रसाद अधिकारीले बताए । ७ दिन संचालन हुने उक्त प्रतियोगिता सम्पन्न गर्न भने १ करोड १ लाख ८१ हजार रुपैयाँ खर्च हुने क्लबले जनाएको छ ।

यसैबीच, पत्रकार सम्मेलनमा सहारा यु.के.बाट प्राप्त आकर्षक ट्रफी हस्तान्तरण गरिएको छ । सहारा यूकेका महासचिव धनु पुरण थकाली, सहारा यू.के.का सदस्य एवं तमु धिं यू.के.का कोषाध्यक्ष कमल गुरुङले हरेक खेलको म्यान अफ दी म्याचको लागि युकेबाट प्राप्त ट्रफी सहयोग हस्तान्तरण गरेका हुन्। क्लबका अध्यक्ष केशव बहादुर थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

सर्वोत्कृष्ट खेलाडी पुरस्कार अप्रिला स्कुटर, अफिसियल बैंक लुम्बिनी विकास बैंक, फेयर प्ले पुरस्कार प्रायोजक रोयल इन्फिल्ड बुलेट बाईक, सर्वाधिक गोलकर्ता पुरस्कार सनराईज ड्राईभिङ्ग स्कुल प्रा. लि. रहेको छ । यस वर्ष देखि उद्योगपति सुर्य बहादुर के.सी.को स्मृतिमा उत्कृष्ट पाँच विधाको पुरस्कार स्वरुपको रकम उपलब्ध हुने भएको छ ।

सहयोगी संस्था साथै राष्ट्रिय खेलकुद परिषद/अखिल नेपाल फुटबल संघ/पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति÷जिल्ला खेलकुद विकास समिति कास्की/कास्की जिल्ला फुटबल संघ/सहारा यु.के./सहारा क्लब हङ्गकङ्ग/सहारा क्लब अष्ट्रेलिया समेतको बिशेष सहयोग गर्दै आएको महासचिव रामजी प्रसाद अधिकारीले बताए । अफिसियल पानीमा पियूरो पानी रहेको छ ।
क्लबले यस वर्ष पनि सर्वोउत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी २०७७ बाट एक जनालाई सम्मान गर्ने भएको छ । क्लबका मानार्थ सदस्य खेमबहादुर गुरुङबाट उक्त पुरस्कार रुवरुप ३५ हजार रुपैया उपलब्ध गराउने भएका हुन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!