यसरी बाँडिरहेको छ एनआरएनए टोलीले बाढीपीडितलाई राहत [हेरौं १० तस्बिर]

SHARE:

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले रसुवा र नुवाकोटका विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि चरणबद्ध रूपमा ५० लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण तथा आपत्कालीन स्वास्थ्य सेवा सुरु गरेको छ । एनआरएनएका प्रवक्ता सोमनाथ सापकोटाद्वारा जारी प्रेस विज्ञप्तिअनुसार भाद्र ११ र १२ गते नुवाकोटका प्रभावित क्षेत्रमा पुगेर एनआरएनएको पदाधिकारी तथा स्वयंसेवक टोलीले प्रत्यक्ष रूपमा राहत सामग्री वितरण गरेको हो ।

काठमाडौँस्थित सचिवालयबाट बिहीबार बिहानै राहत सामग्रीसहित पुगेको एनआरएनए टोलीले प्रमुख जिल्ला अधिकारी, जिल्ला विपद् व्यवस्थापन समिति, नेपाली सेना तथा स्थानीय तहसँग समन्वय गरी सामग्री वितरण गरेको छ। राहत सामग्रीहरू: ५ सय थान त्रिपाल, ५ सय थान सोलार लाइट, ५ सय परिवारका लागि खाद्यान्न, लत्ताकपडा, चप्पल, म्याट, ब्ल्याङ्केट, खानेपानी तथा अत्यावश्यक औषधिहरू। वितरण गरिएका स्थानहरू: विदुर–५ स्थित नुवाकोट वैकल्पिक आयुर्वेदिक औषधालय (सेल्टर–१) मा आश्रय लिइरहेका वृद्धवृद्धा र पिपलटारस्थित चन्द्रज्योति माध्यमिक विद्यालयमा रहेका बाढी पीडितहरूलाई प्रत्यक्ष रूपमा हस्तान्तरण गरिएको।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!