लहानमा बम विस्फोटमा ८ जना घाइते, गोइत समूहले लियो जिम्मा

SHARE:

सिरहा चैत १ ।

सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएको बम विस्फोटको जिम्मा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारी समूहले लिएको छ।

मोर्चाका केन्द्रीय अध्यक्ष जयकृष्ण गोइतले एक प्रेस विज्ञप्ति जारी गर्दै भ्रष्टाचारविरुद्धको अभियानअन्तर्गत यो विस्फोट गराइएको जनाएका छन् । उनले विज्ञप्तिमा भ्रष्टाचारलाई अपराध र भ्रष्टाचारीलाई अपराधीको सूचीमा राखेको र सोहीअन्तर्गत जिल्ला मालपोत कार्यालय सिरहामा बम बिस्फोट गराएको विज्ञप्तिमा लेखेका छन् ।

जिल्ला मालपोत कार्यालय सिरहामा भ्रष्टाचार चरम सीमामा रहेकोले सचेत गराउन बम विस्फोट गराएको विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा कार्यालयमा भ्रष्टाचार जारी नै रहे यस भन्दा पनि उच्चस्तरको कारबाही गर्ने चेतावनीसमेत दिइएको छ। मधेश स्वतन्त्र देश हुनुपर्ने माग राख्दै २०६१ सालदेखि सशस्त्र संघर्षरत गोइत समूहले तराई मधेशमा भ्रष्टाचार तथा अपराध बढ्दै गएको भन्दै विरोधस्वरुप विस्फोट गराएको विज्ञप्तिमा उल्लेख छ। अहिले उत्पन्न परिस्थितिको जिम्मेवार केन्द्र र प्रदेश सरकार हुने विज्ञप्तिमार्फत् जनाइएको छ।

विस्फोटमा परी घाइते हुनेहरुमा धनगढीमाई नगरपालिका–१३ बस्ने ३० वर्षीय दिनेशकुमार भण्डारी, कार्यालयका ३८ वर्षीय नायब सुब्बा शिवकुमार यादव, गोलबजार नगरपालिका–६ की ३५ वर्षीया लक्ष्मी राणा, लहान नगरपालिका–१६ का ५२ वर्षीय लालबहादुर बिक, ३५ वर्षीया बेचनी मगर, गोलबजार नगरपालिका–४ का ३८ वर्षीय फुलकुमारी ठाकुर, भगवानपुर गाउँपालिका–३ का ५४ वर्षीय बद्रीनारायण यादव, ७८ वर्षीय लेखापढी व्यवसायी भोलाबहादुर पाचे मगर छन् । गम्भीर घाइते दिनेशलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!