ओलीले गरेको निर्णय कार्यान्वयन नगर्न निर्वाचन आयोगलाई खनाल-नेपाल समूहको पत्र

SHARE:

काठमाडौं चैत १ ।

एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले एकलौटी ढंगले महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई हटाउन गरेको निर्णयलाई रोक्न माग गर्दै एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूह निर्वाचन आयोगमा पुगेको छ।

फागुन २८ गते बालुवाटारमा बसेको एमाले ओली समूहको बैठकले अध्यक्ष र महासचिवबाहेक सबै पद खारेज गर्ने निर्णय गरेकोप्रति आपत्ति जनाएको नेपाल समूह आइतबार आयोग पुगेको हो। ओलीले पार्टी विधान विपरित यो निर्णय गरेको भन्दै नेपाल समूहले आक्रोश व्यक्त गरेको थियो ।

एमाले अध्यक्ष र महासचिवबाहेक सबै पद खारेज स् यस्ता छन् ओली समूहका निर्णय आइतबार आयोगमा पुगेर एमालेका बहुमत स्थायी कमिटी सदस्यले पत्र बुझाएका हुन्। आफूहरु २०७१ सालमा भएको एमाले नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्य भएको भन्दै आयोगमा वरिष्ठ नेता नेपालसहित ११ जना शीर्ष नेताले हस्ताक्षर गरेर पत्र बुझाएका हुन् ।

पत्रमा नेता नेपालसँगै झलनाथ खनाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीमबहादुर रावल, घनश्याम भुसाल, भीमप्रसाद आचार्य, गोकर्णराज विष्ट, योगेशकुमार भट्टराई, मुकुन्द न्यौपाने र सुरेन्द्र पाण्डेले हस्ताक्षर गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!