ओलीको एकलौटी निर्णयपछि एमाले खनाल-नेपाल पक्षको बुधबारदेखि राष्ट्रिय भेला

SHARE:

काठमाडौँ चैत ४ । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीको एकलौटी निर्णयबाट रुष्ट बनेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले बुधबार र बिहीबार राजधानीमा राष्ट्रिय भेला बोलाएका छन्।

पार्टीमा तल्लो तहसम्मै समानान्तर कमिटी गठन गर्ने र पार्टी नेतृत्वको प्रवृत्तिविरुद्ध आफ्ना पक्षलाई थाह दिन भेला आयोजना गरिएको हो । भेला चैत ४ गते बुधबार बिहान ११ बजे ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आरम्भ सुरु हुने एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । उनका अनुसार भेलामा देशभरबाट करिब २ हजार नेता–कार्यकर्ता सहभागी हुनेछन् ।

सचिव भट्टराईले नेकपाको एकतालाई सर्वोच्च अदालतले गत फागुन २३ मा खारेज गरेपछि पूर्ववत् अवस्थामा फर्किएको एमालेलाई विभाजनतर्फ लाने भइरहेको उल्लेख गर्दै त्यसविरुद्ध आफूहरू दृढतापूर्वक उभिएको बताए । अदालतको फैसलापछि पूर्ववत् अवस्थामा फर्किर्एर एकताबद्ध हुन लागेको पार्टीमा गत फागुन २८ गते बालुवाटारमा आयोजना गरिएको गुटको भेलाले थप असहजता, बेमेल र अविश्वास सिर्जना गर्नुका साथै विभाजनतर्फ धकेलेको निष्कर्ष निकाल्दै खनाल–नेपाल समूहले त्यसको वस्तुस्थिति कार्यकर्तामाझ पुर्‍याउन भेला आयोजना गरेको हो ।

एमालेको यो समूहले जनताको बहुदलीय जनवादको मूल्य र मान्यता रक्षा गर्दै पार्टीलाई एकाधिकारवाद, गुटवाद र विभाजनबाट बचाउँदै लोकप्रिय, क्रान्तिकारी र लोकतान्त्रिक शक्तिका रूपमा विकास एकताबद्ध हुनुपर्ने भएकाले भेला आयोजना गरिएको जनाएको छ । त्यसका लागि पार्टीमा अहिलेसम्म भएका काम, ओली नेतृत्वको एमाले हुँदा भएका कमीकमजोरी र अबको बाटो कस्तो हुने भनेर अवधारणापत्र प्रस्तुत हुने र त्यसमाथि समूहगत छलफल गरेर पारित गर्ने तयारी छ ।

भेलामा पार्टी केन्द्रीय कमिटी, केन्द्रीय निकाय र केन्द्रीय विभागका सदस्य, प्रदेश कमिटीका सदस्य, केन्द्रीय कमिटीका पूर्वसदस्य, संघ तथा प्रदेशका सांसद, पूर्वसांसद, जिल्ला कमिटीका पदाधिकारी, सम्पर्क कमिटी र मञ्चका सदस्य, गाउँ तथा नगर कमिटीका अध्यक्ष र सचिव, जिल्ला समन्वय समिति, स्थानीय तहका प्रमुख तथा उपप्रमुख, जनसंगठन तथा पेसागत संगठनका केन्द्रीय सचिवालयका सदस्यका साथै प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी सहभागी हुने सचिव भट्टराईले बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!