चिम्खोले काईला
बेलायत – सन् २०२१ मार्च १८ का दिन नेपाल पत्रकार महासंघ बेलायतले बेलायतका लागि नवनियुक्त नेपाली राजदूत लोकदर्शन रेग्मिलाई जुममार्फत स्वागत गरेको छ। उक्त स्वागत कार्यक्रममा उपस्थीत सम्पूर्ण पत्रकारहरुले आ-आफ्नो परिचय दिनुको साथै राजदूतलाई बेलायतमा स्वागत तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।
राजदुतले बेलायतबासी पत्रकारहरु नेपाली समाजलाई बिभिन्न खाले सुचनाहरु सम्प्रेसन गर्न, बिभिन्न गल्तिहरु सुधार गर्न, बिभिन्न सम्भावनालाई उर्जागर गर्न तथा समाजको अग्रदुत भएर काम गर्नु होला भन्ने सुझाबको दिनुको साथै नेपाल सरकारको तर्फबाट समाजको सहयोगी बन्ने, प्रबर्दन गर्ने र संरक्षकको भूमिका निर्बाह गर्ने बाचा गरेका छन् ।
संस्थाको अध्यक्ष नरेश खपांगीले अध्यक्षता गरेको बैठकमा प्रमुख अतिथि नवनियुक्त राजदूत लोकदर्शन रिग्मीले गरेका थिए । संस्थाका बरिष्ठ सल्लाहकार भगिरथ योगीले बेलायतका पत्रपत्रिका र संचार माध्यमको इतिहासदेखि वर्तमानसम्मको अवस्थाबारेमा राजदूतलाई जानकारी दिएका थिए ।






