आइतबारको जनगणनाबारे एनआरएनए यूकेकी अध्यक्षको अपील-नेपाली पहिचान बेलायतमा स्थापित गरौं

SHARE:

लन्डन चैत ६ । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेकी अध्यक्ष पुनम गुरुङले यही आइतबार मार्च २१ मा हुने राष्ट्रिय जनगणनामा सहभागी हुन सबै बेलायतवासी नेपालीलाई अपील गरेकी छन् ।

जनगणनासम्बन्धमा एक भिडियो सन्देश जारी गर्दै अध्यक्ष गुरुङले बेलायतवासी सम्पूर्ण बाबाआमा, दाजुभाइ तथा दिदीबहिनीहरुमा अभियानमा सहभागी बन्‍न र नेपाली पहिचान बेलायतमा स्थापित गर्न अनुरोध गरेकी हुन् । उनले भनेकी छन्, ‘आउनोहोस् । सबै यस अभियानमा सहभागी बनौं । नेपाली पहिचान बेलायतमा स्थापित गरौं ।’

अध्यक्ष गुरुङले अनलाइन फर्म भर्ने क्रममा ल्याङ्गग्वोज र इथ्निसिटीको अदर्शमा गइ एनइपी टाइम गर्ने र त्यसको पछाडि आफै नेपाली आउँछ र त्यसलाई सेलेक्ट गर्ने विधिबारे समेत जानकारी गराउँदै उनले यसो गर्नाले सरकारी सेवा सुविधामा समेत नेपाली पहिचान स्थापित गर्न बेलायतवासी नेपाली सफल हुने आश व्यक्त गरेकी छन् ।

यो वर्ष इङ्गल्यान्ड, वेल्स र नर्देन आयरल्याण्डमा मार्च २१ तारिख आइतबारका दिन जनगणना हुँदैछ भने स्कटल्याण्डमा भने अर्को वर्ष २०२२ मा मात्र जनगणना हुनेछ । बेलायतमा सन् १८०१ देखि जनगणना लिन शुरु गरिएको हो । नेपालमा जस्तै बेलायतमा पनि हरेक १० वर्षमा जनगणना हुने गर्दछ ।

भिडियोका लागि लिंक क्लिक गर्नु होला 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!