काठमाडौं चैत ६ ।

रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अपराह्न बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधीवक्ता नियुक्तिमा उनको नाम सिफारिस गरेका थिए । उनलाई नेपालको संविधान धारा १७५ उपधारा २ बमोजिम महान्यायाधीवक्तामा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
शुक्रबारै अग्नि खरेलले महान्यायाधीवक्ता पदमा राजीनामा दिएका थिए । खरेलले शुक्रबार पत्रकार सम्मेलन गरेर राजनीतिमा फर्किन आफूले महान्यायाधीवक्ताबाट राजीनामा दिएको बताएका थिए ।






