बुद्धिस्ट गुम्बा रेडिङ् युकेको तर्फबाट पोखरामा पिडितलाई सहयोग रकम हस्तान्तरण

SHARE:

पोखरा चैत ६ ।

बुद्धिस्ट गुम्बा रेडिङ् युकेको तर्फबाट बिमारी,अशक्त तथा दुःख पिडामा परेको ब्यक्तिहरुलाई सहयोग रकम हस्तान्तरण गरिएको छ ।

तमु ल्वों ल्होछारको आवसरमा आमा समूह बाट संकलन गरिएको रकम शुक्रवार पोखरा स्थित बौद्ध अर्घौ सदन गुम्बाका प्रमुख लामा तथा बुद्धिस्ट गुम्बा रेडिङ् युकेका मुल गुरु खेन्पो शिर लामा गुरुङ तथा बौद्ध शिक्षा अध्ययन केन्द्रका प्रमुख खेन्पो सन्तोष गुरुङ लगाएत बरिष्ट लामा गुरुहरुको सहभागितामा र बुद्धिस्ट गुम्बा रेडिङ् युकेका महासचिब श्री कमल गुरुङ साथै तमु धिं युकेका पुर्वाध्यक्ष मुक्षेत्र गुरुङको उपस्थितिमा दान पुण्य अनुमोदन सहित एक लाख पचास हजार रुपैयाँ सहयोग स्वरुप बितरण गरिएको हो ।

जसमा खाल्टे मसीनाका मृगौला पिडित नर बहादुर तामाङ्लाई २५ हजार रुपैयाँ, काब्रेका दृष्टि बिहिन शेर बहादुर गुरुङलाई २५ हजार, कर्पुटारका क्यान्सर पिडित पूर्ण बहादुर गुरुङलाई २५ हजार, आर्थिक आवस्थ नाजुक भएका सितानेका प्रकाश नेपाली २५ हजार र सितानेकै दिल बहादुर नेपालीलाई २५ हजार गरी जम्मा १ लाख ५० हजार रुपैयाँ सहयोग रकम वितरण गरिएको बताइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!