सल्लाहकार नारायण प्रसाद गुरुङ BEM द्वारा बीसीसी नयाँ कमिटीलगायतमा बधाई र शुभकामना

SHARE:

लन्डन । गत २८ फेब्रुअरीका दिन सम्पन्न साधारणसभाले बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेको निर्वाचन कमिटीले चौंथो कार्यसमितिका पदाधिकारी हरु अध्यक्षलगायत सम्पूर्ण कार्यसमितिको चयन निर्विरोध निर्वाचन भएकोमा ढिलै भए पनि हार्दिक बधाई अनि शुभकामना दिन चाहन्छु ।

Covid 19 को कारणले चौथौ साधारणसभा केही महिना ढिलो भए तापनि Zoom Vertual मार्फत पहिलो सत्र अति सफलतापूर्वक सम्पन्न भएको थियो । जस्मा तेस्रो कार्यसमितिका अध्यक्ष भाई नरेश गुरुङ अनि उहाँका पदाधिकारीहरु तथा सदस्य, आमा समूहका अध्यक्ष बहिनी पुष्पा गुरुङ र सम्पूर्ण आमा समूहले आफ्नो कार्यकाल अति सफलतापूर्वक सम्पन्न गरेकोमा हार्दिक धन्यवाद दिन चाहन्छु | विशेष धन्यवाद निवर्तमान आमा समूहकी अध्यक्ष पुष्पा बहिनीलाई जान्छ | बहिनीले पूर्व अध्यक्षको कार्यकालमा दुई वर्ष सम्हालेर निवर्तमान अध्यक्षको दुई वर्षको कार्यकाल पनि अति सौहार्दपूर्ण तवरले सम्पन्न गर्नु भएको छ |

दोश्रो सत्रमा निर्वाचन कमिटीका सल्लाहकार मेजर खुशीमान गुरुङ साहेबको नेतृत्वमा, सल्लाहकारले काजी शेर्पा अनि डा. कपिल रिजालज्यूको टिमले अति सरल तरिकाले चौथो कार्यसमितिको नामवली सुनाउनु भयो | जस्मा रिन्पोछे गुरुबाट शपथ ग्रहण गराएका थिए ।

हार्दिक बधाईका पात्रहरु हुनु हुन्छ, चौथो कार्यसमितिका अध्यक्ष धर्म तामाङ, वरिष्ठ उपाध्यक्ष हर्क गुरुङ, उपाध्यक्ष आङदावा शेर्पा, उपाध्यक्ष रबिन गुरुङ, महासचिव Capt देव घले, कोषाध्यक्ष मेजर हितमान गुरुङ यसरी नै आमा समूहकी अध्यक्ष उर्मिला (ईन्द्र) गुरुङ, उपाध्यक्ष जगना गुरुङ, महासचिव शारदा गुरुङ कोषाध्यक्षमा चन्द्रकुमारी गुरुङ हुनु हुन्छ ।

बधाई दिने क्रममा मैले धेरै खुसीको महसुस लिएको छु | किनकि विशेष सम्मानित व्यक्तित्वहरु चौथौ कार्यसमितिको आगमनले Bccuk को बढी वजन बढेको महसुस गरेको छु | हुनत भगवान बुद्धप्रति श्रद्दा भक्ति भएर नै सेवाको भावना गर्नु भई पुण्य आर्जन गर्ने ठूलो मौका पनि हो ।

यसरी नै पूजा coordinator Ai Bdr गुरुङ, Asst PR Joy Campbell, Asst. Sec Dr. Ngwang शेर्पा, Media Sec SK गुरुङ, मेम्बरमा शान्त शेर्पा, आमा समूहबाट Asst Sec पवित्र गुरुङ property Sec उषा गुरुङलगायत अन्य सद्स्य अनि सल्लहकारहरु नियुक्त हुनुभएकोमा हार्दिक बधाई अनि सफल कार्यकालको हार्दिक शुभकामनासहित Bccuk को उत्तरोत्तर प्रगतिको कामना गर्दछु |

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!