रुद्र थापा महासचिब
बेलायत – सन् २०२१ मार्च २१ का दिन मगर संघ युकेको ट्रष्टी बैठक जुमद्वारा सम्पन्न भएको छ। बैठकमा संस्थाका कोषाध्यक्ष होम रोकाले मगर संघ युकेको आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो। मगर संघ युकेको हाउजिङ प्रतिवेदन निबर्तमान अध्यक्ष मेजर कुल थापाले र सह कोषाध्यक्ष थम रोकाले प्रस्तुत गर्नु भएको थियो भने मगर मास्टर डिग्री तथा पीएजडी ट्रष्ट फण्ड, बिष्णु माया आले ट्रष्ट फण्ड र लखन थापा प्राथमिक बिद्यालय ट्रष्ट फण्डको प्रतिवेदन अध्यक्ष सुनिल राना कोषाध्यक्ष होम रोका र दुत पुनले प्रस्तुत गर्नु भएको थियो।
बैठकमा मगर संघ युकेको बार्षिक कार्यतालिका, वेल्फर फण्ड, वेल्फर फण्डको पोलिसी लेटर, क्राउड फण्ड, बार्षिक साधारण सभा, मगर संघ युकेको जनगणना, बेलायतको जनगणना, मगर संघ युकेको बिधान संशोधन, मगर संघ युकेको वेबसाइट, कानुङ लांघा २२ को प्रकाशन लगायत बिभिन्न बिषयमा ब्यापक छलफल भएको थियो। बैठकमा मगर संघ युकेको एकाउण्ट अडितिङको बारेका भाइराजा थापाले सल्लाह सुझाब दिनुभएको थियो।
बैठकको अध्यक्षता संस्थ्को अध्यक्ष सुनिल रानाले गर्नुभएको थियो भने संस्थाका महासचिब रुद्र थापाले संचालन गर्नु भएको थियो। बैठकमा मगर संघ युकेका निबर्तमान अध्यक्षहरु मजेर कुल थापा, दुत पुन, संरक्षक घन थापा, ट्रष्टीहरु मेजर शान्त पुन एमबिइ, जगत थापा, गोमा राना, क्याप्टेन तम धेगा लगायत शाखा समितिका अध्यक्षहरुको उपस्थिति थियो।






