लन्डन चैत ८ । रिडिङ नेपाली समाज रेडिङ्गले आइतबारका लागि बेलायतमा तोकिएको जनगणना बेलायतवासी नेपालीहरुको अस्तित्वको भाग्यरेखा कोर्ने दिन भएको बताएका छन् ।
टेकबहादुर गुरुङले विज्ञप्ति निकालेर भनेका छन्, ‘आजको दिन बेलायतमा हाम्रो अस्तित्त्व को भाग्यरेखा कोर्ने दिन, हाम्रो जातीय तथा राष्ट्रिय पहिचान लाई स्थापित गर्ने दिन, हाम्रा भाषागत समस्याहरूलाई हल गर्ने दिन, आजको बेलायत सरकारले दिएको यो जनगणनाको दिनलाई सबैले आत्मसाथ गरी यो सुनौलो अवसरलाई सदुपयोग गरौं ।’
बेलायतमा २१ मार्च २०२१ को जनगणना दिनको शुभ बिहानी छ । त्यस्तै रिडिङ नेपाली समाज रेडिङ्गले नेपालीको पहिचानलाई आधिकारिक रूपमा बेलायत सरकारको अफिसियल वेबसाइटमा नेपाली भनेर स्थापित गरेर यस जनगणनालाई सफल पारौं भन्ने आह्वान गरेको छ । ‘इतिहासमा नाम स्थापित गर्न यो सुवर्ण अवसरलाई सबैले मनन तथा आत्मसाथ गरौं, यो अवसरलाई फेरि पनि गुमायौं भने फेरि अर्को दस वर्ष कुर्नु पर्ने हुन्,’ गुरुङले भने ।
त्यसैले अस्तित्वलाई स्थापित गर्न जनगणना फर्ममा जहाँ जहाँ भाषा, राष्ट्रिय पहिचान को कुरा छ त्यसमा कृपया नेपाली लेख्नु हुन अनुरोध गर्दै सम्पूर्ण बेलायतवासी नेपालीहरूको कल्याण हुने कुरामा विश्वस्त पार्न खोजिएको छ ।






