काठमाडौं, ९ चैत्र । नेकपा (एमाले) का प्रभावशाली नेता, सांसद तथा पूर्वमन्त्री शेरबहादुर तामाङले नेकपा (माओवादी केन्द्र) ले नैतिकताको आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग गरेको कुरा उल्लेख गर्दै अहिलेसम्म माओवादी केन्द्रले किन समर्थन गरिरहेको त ? भन्दै फ्याट्ट समर्थन फिर्ता लिईहाले भो नि त भन्ने टिप्पणी गरेका छन् । उनले भने,‘उहााहरु प्रधानमन्त्रीसाग नैतिकता छैन भन्नुहुन्छ, नैतिकताको आधारमा राजीनामा दिनुपर्छ भन्नुहुन्छ, उहााहरुको अनुसार त यो सरकार अनैतिक सरकार भयो नि, त्यसो हो भने यो अनैतिक सरकारलाई किन समर्थन गरिरहेको त ? फ्याट्ट समर्थन फिर्ता लिईहाले भो नि त ।’
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आफूहरु जस्तोसुकै परिस्थितिको पनि सामना गर्न तयार रहेको स्पष्ट पारे । कतिपयले मुलुकमा फेरि अस्थिरता भयो भनेर टिकाटिप्पणी गरिरहेकोप्रति अहसहमति राखे । उनले भने,‘पहिलो कुरा त यो मुलुकमा अस्थिरता भयो भनेर जो भनिएको छ, कहाा भयो अस्थिरता ? आफू मिल्न नसक्ने ? आफू काम गर्न नसक्ने ? अनि चलिरहेको सरकारलाई धारे हात लगाउादैमा अस्थिरता हुन्छ र ? सरकार त चलिरहन्छ । निरन्तर चलिरहेको छ । केपी ओली ०७४ सालको निर्वाचनपछि प्रधानमन्त्री हुनुहुन्छ । अहिलेपनि हुनुहुन्छ । सरकार कहाानिर अस्थिर भयो ? सरकार त निरन्तर छ ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले नेकपा (माओवादी केन्द्र) मा पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने भन्नेमा दुई धार रहेको सुनाए । उनले भने,‘संसद् अलिकति बिचमा हामीले, निर्वाचनतर्फ जाउा न त, अलि/अलि नयाा फ्रेश म्याण्डेटमा जाउा न त भन्ने कुरामा नेपाली कांग्रेसको दृष्टिकोण आज सुरेन्द्रमार्फत निकै खुलेर आयो । प्रष्ट ढंगले आयो । त्योभन्दा पुष ५ पछाडि, नेपाली कांग्रेस आन्दोलनमा थियो । त्यो आन्दोलन पार्टी सुदृढीकरण र निर्वाचनको लागि तयारी थियो । जसपाको पनि त्यही थियो । नेकपासम्वद्ध एउटा पक्ष भने सडक आन्दोलनमै थियो । तर, संसद् पून:स्थापनापछि निर्वाचनको माहोल थियो, त्यो त हट्यो । हटेपछि अलिकति सरकार के हुन्छ ? भन्ने शंका सबैलाई लागेको छ । माओवादी केन्द्रबाट अहिले प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपऱ्यो भनिएको छ । त्यसको अर्थ केपी ओली अनैतिक भन्ने अर्थमा लिए हुनछ । त्यसो भए हामीले त भनिरहेका छौं कि अनैतिक सरकारलाई किन समर्थन गरिरहेको ? फ्याट्ट समर्थन फिर्ता लिईहाले भो नि त । तर, त्यो पनि जटिल रहेछ । उहााहरुले समर्थन फिर्ता लिन सक्नुहुन्न । किन लिन सकनुहुन्न भने त्यहाा भित्रपनि दुई वटा धार छ । एउटा धार समर्थन फिर्ता लिनैपर्छ, जे/जे पर्छ व्यहोरौं भन्ने छ । अर्को धार छ–होईन हिजो त सागै बसेको हो नि त । फेरि सरकारमा मिलेर जाादा के फरक पर्छ । त्यही भएर समर्थन फिर्ता लिन सक्नुभएको छैन् ।’
उनले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिए के हुन्छ त ? भन्ने सवालमा पनि जवाफ दिएका छन् । उनले भनेका छन्–‘कांग्रेसको विचार प्रष्ट रुपमा आईसक्यो । माओवादीले समर्थन फिर्ता लियो भने उहााले विश्वासको मत लिनुपर्छ । हामी समर्थन गर्दैनौं भनेको छ । अब अर्ली ईलेक्शनको सम्भावना छ । अर्ली ईलेक्शनमा जाने हो भने समर्थन फिर्ता लिए हुन्छ । हामी त वैशाख १७ र २७ मै निर्वाचको लागि तयार हो । माओवादीले समर्थन फिर्ता लियो भने देश फेरि निर्वाचनतर्फ अघि बढ्छ । यदि फिर्ता लिादैन भने सरकार त बसिरहन्छ । राजनीतिक दलका आफ्ना एजेण्डा छन् ।’
उनले जनता समाजवादी पार्टी, नेपालका माग पूरा गराउन सरकार गम्भीर रहेको पनि सुनाए । उनले भने,‘जसपाका एजेण्डा छन् । उसलेपनि सरकारसामू आफ्ना एजेण्डा प्रस्तुत गरेको हो । नेकपा एमालेलाई सरकार सञ्चालनको लागि, कुनै दल केपी ओलीलई प्रधानमन्त्री मान्दैनौं भनेर हस्ताक्षर गरेर अपदस्थ गर्छु भनेर कोही लागेको छैन् । माआवादी समर्थन फिर्ता लिएपछि, कुन दल आउाछ ? कोही आउाछ भने, हामी २ वर्ष पर्खिन तयार छौं । यदि केपी ओलीबाहेकको सरकार बनाउाछौं भनेर कोही आउाछन् भने पनि हामी हाासी–हाासी स्वागत गर्छौं । हामीमा कुनै त्यस्तो द्धिविधा छैन् । उहााहरुले मिलेर १३८ पुऱ्याएर सरकार बनाउाछु भन्नुभयो खुशीका साथ स्वागत गर्छौं ।’
नेता तामाङले अरु दलहरुलाई अलमल नगर्न आग्रह गरेका छन् । उनले देशलाई विकास र समृद्धिको यात्रामा अघि बढाउनुपर्ने धारणा राखेका छन् । उनले भने,‘अब सरकार विघटन र गठननमात्रै नगरौं, देशको विकास र समृद्धि गरौं । हाम्रो उद्देश्यमा भााचो हाल्ने काम नगरौं । नेकपा एमालेमा पनि केही समस्या छन् । केही नेताहरुको मन मिलेको छैन् । यो पार्टी प्रतिपक्षमा बस्नुपरेछ भने अब दुई तिहाई बहमुतसहित फर्किन्छ । सरकारमा रहेर नै निर्वाचन गरेछ भने पनि बहुमतसहित फर्किनेछ । सबै कुरा ओपन छ । खल्ला छ । हामी लुकिछिपी गर्दैनौं । हाम्रो सबै कुरा खुल्ला रुपमा आउाछन् । केपी ओली स्पष्ट दृष्टिकोणसहित उभिनुहुन्छ । विकास र समृद्धिको अभियानमा लाग्नुपर्छ ।’
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता सुरेन्द्र पाण्डेले मुलुकको निकासको लागि अब ताजा जनादेशमा जानुपर्ने धारणा राखेका छन् । संसद्ले अहिलेको संकटको निकास दिन नसक्ने उनको दाबी छ । उनले भने,‘अब २० महिनापछि त निर्वाचन हुन्छ । नेकपाले त दुई तिहाईको सरकार बनाएको हो, प्रचण्ड बहुमतले पनि यो स्थिरता दिन सकेन । अहिले संसद्को गतिविधि भएन । अहिले त नेकपा (एमाले) भित्र नै रडाको छ । अब झन/झन अस्थिरतातर्फ मुलुक गैरहेको छ । संसदले पनि अहिले संकटको निकास दिन सक्दैन् । फ्रेश म्याण्डेट चाहिन्छ । जतिसक्दो चााडो नयाा जनादेशमा जानु नै राजीतिक निकास हो । दलहरुबीच राष्ट्रिय सहमति कायम गरौं । नयाा पार्लियामेन्ट स्थापित गरौं ।’
उनले आफ्नो पार्टीले त गत वैशाखमा नै वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको औचित्य समाप्त भयो भनेर आधिकारिक निर्णय गरेको स्मरण गराए । उनले भने,‘वैशाखदेखि आजसम्मको अवस्था हेर्दा धेरै राजनीतिक परिवर्तन भएको छ । नेकपा दुई दल भयो । अहिले घट्नाक्रम धेरै तलमाथि भएको अवस्था छ । गत पुष ५ गते प्रधानमन्त्री ओलीले संसद विघटन गर्नुभयो, त्यो कदम असंवैधानिक कदम भयो र यसलाई सच्याउनुपर्छ भनेर हाम्रो पार्टीले भनेको हो । संयुक्त आन्दोलन गरौं भनिएको थियो, तर हामीले आ–आाफै गरौं भनेर छुट्टाछुट्टै गरेको हो । अदालतले संसद् पून:स्थापना गऱ्यो । असंवैधानिक भन्यो । यो स्वागतयोग्य हो ।’
संसद् पून:स्थापना भएपछि वर्तमान सरकार हटाउने कुरामा सुरुमा मैदान नै खाली नभएको उनको टिप्पणी छ । उनले भने,‘केपी ओलीको यो सरकार माओवादी केन्द्रको समर्थनका कारण टिकेको छ । माओवादीले समर्थन फिर्ता लिनेबित्तिकै प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्छ । समर्थन फिर्ता नलिएसम्म सरकार बनाउन खेल्ने ठाउा नै छैन् ।’
उनले अर्को सरकार बन्नको लागि त पहिलो कुरा अहिलेको सरकार ढल्नुपर्ने धारणा राखे । उनले भने,‘हाम्रो कुरा के हो भने यो सरकार ढल्नुपऱ्यो, अर्को सरकार बन्नको लागि । माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछिमात्रै बााकी पार्टीको काम आउाछ । हामी ओलीलाई विश्वासको मत हाल्दैनौं । पहिलो कुरा त समर्थन फिर्ता लिनुपर्छ । पहिलो चरणको काम नै भएको छैन् । सभापतिजीसाग माओवादी केन्द्रका र जसपाका नेताहरुले छलफल गर्नुभयो । हाम्रो सभापतिले त्यही भन्नुभएको छ । कसको नेतृत्व रहन्छ भन्ने कुरा, जसपाका नेताले भनेको पनि सुन्नुभयो । कांग्रेसले कहााबाट पहल गर्ने ? सरकार बनाउनको लागि ?’
नेता पाण्डेले सरकार बनाउनुपर्ने अवस्था नै नआएको जिकिर गरे । उनले भने,‘सरकार बहुमतमा छ । सबैभन्दा पहिला, नेकपा (माओवादी केन्द्र) प्रष्ट हुनुपर्छ । माओवादी केन्द्र र जसपा केपी ओलीको विकल्पमा सरकार बनाउन तयार हुनुहुन्छ भने कांग्रेस नेतृत्व लिन तयार छ । पहलकदमी लिने भन्ने ठाउँमा हामी छैनौं । जसपाको ढुलमुले व्यवहार देखियो ।’
उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री ओलीमाथि गरेको टिकाटिप्पणी गरेको उल्लेख गर्दै भने,‘उहााले प्रधानमन्त्रीलाई यत्रो ब्लेम लगाउनुभएको छ । नैतिकता छ त ? तर, ओलीमाथि नैतिक संकट त छ । प्रचण्डले यत्रो ब्लेम लगाउने र समर्थन जारी राख्ने हो भने नैतिक संकट त उहाामा पनि देखियो नि । ग्राउण्ड नै खाली नभईकन तिघ्रा उफार्ने काम हामी गर्दैनौं । मैदान खाली नहुादै कुमजोरी खेल्न जाने कुरा त आउादैन नि । सरकारले विश्वासको मत लिन सक्नुभएन र अर्को सरकार पनि बनेन भने फेरि निर्वाचनमा मुलुक जान्छ । कांग्रेस ओली सरकार पन्छाउन तयार छ ।’
नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा सांसद अमनलाल मोदीले अबको ८/१० दिनभित्र नयाा सरकार बन्ने दाबी गरेका छन् । उनले आफूहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे सोचिरहेको पनि जनाए । यसको लागि आफूहरु छलफलमा रहेको उनको भनाई छ ।
उनले आफूहरुले सुरुदेखि नै प्रधानमन्त्री ओलीले संसद् विघटन गरेको दिनदेखि नै विरोध गरेको स्मरण गराए । उनले भने,‘हामीले सरकारका विभिन्न गतिविधिबारे सुरुदेखि नै आवाज उठाउादै आएका हौं । संसद विघटन गरिसकेपछि हामीले नैतिकताको आधारमा सरकारले राजीनामा दिनुपर्छ भनेको हो । आन्दोलन गरेकै हो । नागरिक समाज/हामी सबै एक ठाउामा उभियौं । प्रतिगमनविरुद्ध आन्दोलन गरेकै हो । संसद पून:स्थापना भएपछि, नैतिकताको आधारमा राजीनामा दिनुको सट्टा, अहिलेसम्म नदिएकोमा हामी छक्क परेका छौं । राजीनामा दिनुपर्ने हो । हाम्रो त प्रष्ट माग छ। संसदप्रति वितृष्णा भएको मान्छे हो । तर, राजीनामा दिनुभएन ।’
नेता मोदीले सरकारलाई दिएको समर्थन फिर्ता लिने कुरा राष्ट्रिय रुपमा निकास निकाल्नुपर्नेमा रहेको सुनाए । उनले प्रधानमन्त्री ओली र मधेशवादी दलबीचको गठबन्धनको कुरा कोट्याउादै आफूलाई शंका लागेको सुनाए ।
जनता समाजवादी पार्टी, नेपालका नेता तथा २ नम्बर प्रदेशका सांसद मनिष सुमनले आफूहरुको हातमा सत्ताको सााचो आएको पनि सुनाए । उनले भने,‘हिजो हामीले प्रधानमन्त्री ओलीसाग भेट्न खोज्दा उहााले भेट्न मान्नुभएको थिएन, तर आज उहाा खासगरी फागुन २३ गतेपछि खोज्दै खोज्दै हामीकहाा आउनुभयो । हिजो भेट्न खोज्दा उहााले भेट्नभएन । फागुन २३ गतेदेखि आजसम्म उहाासाग लगातार छलफल भैरहेको छ ।’
उनले सत्ताको सााचो आफूहरुको हातमा आयो भनेर दम्भका साथ अर्गेल्यााई नगरेको पनि जिकिर गरे । उनले भने,‘संविधान संशोधनमा थुप्रै मुद्दा छन् । मधेश आन्दोलन ताका मुद्दा खारेज, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्छ । रेशम चौधरीलगायतको रिहाई हुनुपर्छ। झुठा मुद्दा फिर्ता लिनुपर्छ । जसपा कुर्सीको लागि गठन भएको होईन । हामीलाई कुनै लोभलालच छैन् ।’
उनले जसपा नेपाल कुनैपनि हालतमा नफुट्ने दाबी गरे । उनले भने,‘हामी फुट्नेवाला छैनौं । जसपा एक/दुई/तीन फुट्दैन् । जसपाका माग पूरा भयो भने केपी ओलीसाग पनि सहकार्य हुनछ । लाल आयोगको प्रतिवेदन, मुद्दा फिर्ता, संविधान संशोधन, रेशम चौधरीको बाई ईज्जत फिर्ता र नागरिकतासम्बन्धी विद्येयक संशोधनलगायत माग पूरा भयो भने गुण र दोषको आधारमा समर्थन गर्छौं ।’






