कोरोना संक्रमण थप फैलिन नदिन क्वारेन्टिन र आइसोलेसन तयारी अवस्थामा राख्न गृहको निर्देशन

SHARE:

काठमाडौं चैत ११ ।

गृह मन्त्रालयले कोरोना संक्रमण थप फैलिन सक्ने भन्दै स्वास्थ्य मापदण्डमा कडाइ गर्न देशभरका जिल्ला प्रशासन कार्यालय सीडीओलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालयले परिपत्र गरेर मास्क अनिवार्य गर्न र भिडभाड हुन नदिन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ । यसअघिका क्वारेन्टिन, आइसोलेसन कक्षहरु तयारी अवस्थामा राख्न समेत ७७ वटै जिल्ला प्रमुख अधिकारीलाई निर्देशन दिइसकेको बताएका छन् । प्रमुख जिल्ला अधिकारीलाई स्वास्थ्य मापदण्ड पालनामा कडाई गर्न सोमबार नै निर्देशन दिइसकिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत ८ मा कोरोना संक्रमण बढ्ने खतरा औंल्याउँदै सभा, गोष्ठी, सम्मेलन तथा भीडभाडजन्य गतिविधि गर्न रोक लगाउन भनेको थियो । गृहको परिपत्रपछि तराईका सीमानाबाट नेपाल प्रवेश गर्नेहरुको रेकर्ड राख्न भनेको छ । भारतमा पछिल्लो समय कोरोना भाइरस संक्रमणले महामारीकै रुप लिइरहेको छ । धेरै वटा राज्यमा लकडाउन घोषणा गरिसकेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!