काठमाडौं चैत १२।

नेकपा एमालेको सरकार पक्षले संसदीय दलको बैठक बोलाएको छ।
प्रधानमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् । मुख्य सचेतक विशाल भट्टराईले शुक्रबार दिउँसो ३ बजे बालुवाटारमा बैठक बोलाइएको जानकारी दिए । बैठकमा छलफलका लागि खासगरी तीन एजेण्डा तय भएको भट्टराईले बताए ।
तर, यसअघि झलनाथ खनाल–माधवकुमार नेपाल पक्षले दलको बैठक बालुवाटारमा बोलाएको भन्दै बहिष्कार गरेको थियो । शुक्रबार बिहान खनाल-नेपाल समूहले पनि केन्द्रीय कमिटी बैठक बोलाएको छ ।






