शान्ति नेपाली समाज बेलायतमा भोजराज भण्डारीको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध

SHARE:

लन्डन चैत १४ । शान्ति नेपाली समाज बेलायतको अध्यक्षमा भोजराज भण्डारीसहित २१ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ ।

उम्मेदवारी मनोनयनका लागि तोकिएको समयसीमाभित्र अध्यक्षसहित २१ सदस्यीय कार्यसमितिका सबै पद निर्विरोध भएको निर्वाचन समितिले जनाएको छ । आउँदो अप्रिल ५ तारिख निर्धारित पाँचौं अधिवेशनले समाजको नयाँ कार्यसमिति निर्वाचित गर्नेछ ।

अध्यक्षमा निर्विरोध भण्डारी समाजको स्थापनाकालदेखि नै सक्रिय छन् । उनी सन् २०१२ मा स्थापित संस्थामा शुरुका दुई कार्यकाल कार्यसमिति सदस्य रहेपछि उपाध्यक्षको जिम्मेवारी निभाएका थिए । अहिले दर्ता भएका उम्मेदवारहरुमाथिको दाबी विरोधको प्रक्रिया पूरा भएपछि मार्च ३० तारिख उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने निर्वाचन समितिको योजना छ ।

अध्यक्षमा भोजराज भण्डारी, उपाध्यक्षद्वयमा कमला ढकाल, गोकर्ण हुमागाईं, सचिव महेन्द्रकुमार काफ्ले, कोषाध्यक्ष दिनेशप्रसाद कँडेल र सहकोषाध्यक्ष रामेश्वर अर्याल छन् ।

सदस्यहरुमा निसेन्तमान बज्राचार्य, डी एन खरेल, छुमकला पाण्डेय, शसांक शर्मा, प्रवीन खरेल, यादव बिक, राजु खत्री, बिनोद थापा, बाबुराम भुषाल र तेज भण्डारी छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!