एनआरएनए यूके उपाध्यक्ष रोजिनाले स्वयम्‌सेवकलाई खुवाइन् नि:शुल्क खाना

SHARE:

लन्डन चैत १४ । गैरआवासीय नेपाली संघ (एनआरएनए यूके) उपाध्यक्ष रोजिना प्रधान राईले ग्लोस्टरस्थित चर्च डाउन सर्जरीमा ‘कोभिड १९’ भ्याक्सिन दिन खटिएका स्वयंसेवकहरुलाई नि:शुल्क खाना खुवाएकी छन् ।

त्यहाँ खटिने करिब ५०० जना स्वयंसेवकलाई विभिन्न चरणमा खाना खुवाउने योजनामा रहेकी राईले शनिबार करिब डेढ सय जनालाई गोर्खा करी एन्ड राइस उपलब्ध गराएकी हुन् ।

‘कोभिड १९ महामारी परास्त गर्न दिनरात खटिएका स्वयंसेवकलाई उनीहरुको निस्वार्थ सेवाको कदर गर्दै सानो कम्प्लिमेन्ट्स दिएकी हुँ’, राईले भनिन्, ‘ति स्वयंसेवकहरुको मुहारमा छाएको खुशी समाजसेवामा मेरो प्रेरणाका श्रोत हुनेछन् ।’

खोप केन्द्रमा स्वयंसेवक व्यवस्थापन संयोजक डेभिड बक्नेल, काउन्सिलर ग्राहाम बकिङ र मेडिसिन प्राक्टिस म्यानेजर रिले मेलानीले खाना उपलब्ध गराएकामा राईप्रति आभार व्यक्त गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!