मेलम्चीको पानी काठमाडौंमा वितरण सुरु

SHARE:

काठमाडौं चैत १५ ।

मेलम्चीको पानी काठमाडौंमा वितरण गर्न सुरु गरिएको छ ।

महाङ्काल चौरमा रहेको ट्याङ्कीको भल्भ खोलेर पानी वितरण सुरु गरेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयूकेएलका प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यले जानकारी दिए । अहिले चावहिल, महाङ्काल क्षेत्रमा वितरण सुरु गरेको पनि उनले बताए । आइतवार बेलुकासम्म काठमाण्डौको मीनभवन, अनामनगर र खुमलटार क्षेत्रमा पनि पानी वितरण हुनेछ । पहिलो चरणमा मेलम्चीको पानी चार ठाउँमा गएपछि सुन्दरीजलबाट पानी दोस्रो चरणमा बालाजु पोखरीमा पठाइने लिमिटेडको तयारी छ । त्यसपछिका चरणमा महाराजगञ्ज, पानीपोखरी र बाँसबारी पोखरीमा पठाइनेछ ।

अहिले पहिलो चरणमा दैनिक चार करोड लिटर पानी वितरण भए पनि बिस्तारै दैनिक साढे ६ करोड लिटर पानी भित्रिने केयूकेएलले जनाएको छ । काठमाण्डौ उपत्यकामा पाइपको अवस्था हेरेर दैनिक साढे आठ करोड लिटर पानी आउनेछ । अहिले एउटा प्रशोधन केन्द्र मात्रै परीक्षण भएकाले त्यसको क्षमताअनुसार पहिलो चरणमा साढे आठ करोड लिटरसम्म पानी आउनेछ । दुवै प्रशोधन केन्द्रमा दैनिक साढे आठ करोड लिटर गरेर क्षमताअनुसार दैनिक १७ करोड लिटर पानी उपत्यकामा वितरण गर्न सकिनेछ ।

एक हप्तापछि दैनिक १७ करोड लिटर पानी वितरण थालिने केयूकेएलका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताए । मेलम्ची खानेपानी आयोजनाले गएको फागुन १० गते पानी परीक्षणका लागि सुरुङमा पठाएका थियो । त्यसको दुई हप्तापछि पानी सुन्दरीजलसम्म आइपुगेको थियो । २०५६ सालमा मेलम्ची खानेपानी विकास समितिको गठन भएको थियो । आयोजना निर्माणका लागि एसियाली विकास बैंकले सन् २००१ मा सम्झौता गरेको हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!