
काठमाडौं चैत १५ । सामाजिक सञ्जालमा भाइरल ‘चियावाली’ नुवाकोटकी सृष्टि तामाङलाई बेलायतसहित विभिन्न देशबाट सहयोग गर्ने क्रम सुरु भएको छ ।
मनोक्रान्ति अभियानका विदेश विभाग प्रमुख योगी गजेन्द्रराज नेम्वाङले चैत ९ गते (२२ तारिख) का दिन ग्वार्को चोकमा ढाडमा छोरी बोकेर झिसमिसेमै चिया बेच्दै गरेकी सृष्टिको तामाङ तस्बिर फेसबुकमा पोस्ट भएपछि एक्कासी भाइरल बनेकी उनलाई बेलायत हन्स्लो निवासी समाजसेवी कृष्ण पुन मगर, रेडिङ निवासी कमल गुरुङ लगायतले सहयोग गरेका हुन् । सेवानिवृत्त पुन मगरले आइतबार सृष्टिको हातमा हालिदिनु भन्दै २५ हजार बैंकमा ट्रान्सफर गरेको योगी नेम्वाङले जनाए । त्यस्तै रेडिङका गुरुङले ८ हजार रुपैयाँ सहयोग पठाएका छन् ।
कृष्ण पुन मगरले लेखे भावुक स्टाटस्
सर,
हजुर, एक्दमै बिस्वाशिलो, इमान्दारी ब्यक्ती लागेर भाइरल मेहनती बहिनी शृस्टी तमाङलाई सानो सहयोग रकम रु २५,००० हजुरको खातामा transferred गरेको छु, हजुरको फुर्सत भएको बेलामा शृस्टी तमाङ बहिनीको हातैमा दिनु भएमा एक्दमै आभारीका साथ धेरै धेरै धन्यबाद दिनु पनि चाहन्छु !
सानो छोरीलाई बोकेर बिहानै ३, ४ बजे चिया बेच्दै गरेको देख्दा सारै मन छोयो सर ! छोरी सारै माया लाग्दो अनि बहिनीको मेहनत देखेर आँखाबाट आशुको ढिक्काहरु खस्यो !
धन्यबाद
हजुरको सधै जय होस !
त्यस्तै जर्मनी, अस्ट्रेलिया र नेपालका केही व्यक्तिले समेत सहयोग गरेका छन् । क्रिश्चियन एकेडेमी गोदावरीका प्रिन्सिपल प्रणय प्रधानले १२ हजार पर्ने मोबाइल सहयोग गरेका छन् भने सिमोनालाई कक्षा १० सम्म नि:शुल्क पढाइदिने वचन दिएका योगी नेम्वाङले बताए ।
सृष्टिबारे नेम्वाङले भने, ‘उनको आत्मसम्पमान उठ्यो । प्रगति गर्नै जाने हो । अहिलेलाई चिया पसललाई निरन्तरता दिने भन्ने छ । पत्रकारलगायत भेट्नेहरुले ज्ञान र केही रकम समेत दान दिइरहनु भएको छ । भाइरल बनाउने भन्ने होइन । उज्यालो देख्ने मान्छेहरु हौं हामी । अभिभावकत्व आइलाग्यो । यो गर्दिनै पर्यो ।’
विस्तारै सृष्टिलाई योग, ध्यान र रेकी क्लासहरुमा सामेल गराउने योजना सुनाउँदै योगी नेम्वाङले भने, ‘व्यक्ति सबल भएपछि अरु हुन्छ ।’
करिब ४ वर्षअघि विवाह गरेकी सृष्टिकीको साथमा २ वर्षकी कलिली छोरी सिमोना छिन् । उनका श्रीमान् बुद्धि (दोर्जे) तामाङ केही महिनादेखि परिवारलाई बेवास्ता गरेर हिँडेका छन् । सृष्टिले सार्वजनिक सञ्चारमाध्यममा बताएअनुसार र घरपेटीका अनुसार लकडाउनदेखिको १ लाख १६ हजार रुपैयाँ घरभाडा र श्रीमान्लाई विदेश पठाउने नाममा लिइएको ६/७ लाख रुपैयाँ ऋण छ ।
एभरेस्ट टाइम्ससँग संक्षिप्त प्रतिक्रिया दिँदै सृष्टिले आफू कसैसँग सहयोग नमाग्ने भन्दै स्वेच्छाले दिएको आर्थिक सहयोग नानीको शिक्षादीक्षाका लागि ५० प्रतिशत जोहो गर्ने र अरु चर्को ब्याच दिनु पर्ने ऋण तिर्ने सुरमा रहेको बताइन् । घर नुवाकोट मेगङ गाउँपालिका बताउने सृष्टि कक्षा ५ मात्रै अध्ययन गरेकी छन् । तैपनि उनको सहास र बोल्नमा निर्धक्कता अनि सुन्दरताले पनि धेरैको मन लोभ्याएको छ ।
यस्तो थियो सृष्टिबारे नेम्वाङको स्टाटस्







