लण्डन चैत १७ ।

कम्युनिटी एण्ड नेचर क्यान इन्टरनेश्नलले बुद्धिष्ट कम्युनिटी सेन्टर बिसीसी युकेको गुम्बालाई आवश्यक सामाग्री हस्तान्तरण गरेको छ ।
गत शुक्रबार एनआरएनए युके इंग्याल्याण्ड राज्य समन्वय परिषदका उपाध्यक्ष समेत रहेका क्यान इन्टरनेश्नलका लाल बहादुर गुरुङ एलबिजेड, अल्डरसट नेप्लिज युथका राजन गुरुङ लगायत युवाहरुले गुम्बामा प्रवन्धक पूर्ण गुरुङलाई सो सामाग्री हस्तान्तरण गरेको हो ।
दाल, चामाल, टोइलेट पेपर, तेल लगायतका आवश्यक सामाग्रीहरु वितरण गरेको क्यान इन्टरनेश्नलले यस अघि गत सेप्टेम्बरमा उबलष् ह्याण्ड सेनिटाईजर र माक्स वितरण गरेको थियो ।
क्यान इन्टरनेश्नलले विगत केही बर्ष देखि बेलायतस्थित भूतपूर्व गोर्खा परिवार तथा नेपाली समुदायलाई लक्षित गरी विभिन्न परियोजनाहरु संचालन गर्दै आइरहेको अवस्थामा कोभिड–१९ को महामारीबाट जोगिन आवश्यक सामाग्रीहरु वितरण गर्दै आएको छ ।






