म्यानमारको नरसंहारका विरुद्ध अनेरास्ववियू (क्रान्तिकारी) द्वारा दूतावास घेराउ

SHARE:

काठमाडौं चैत १८ । म्यानमारमा जारी सैन्य दमन र नरसंहारका विरुद्ध नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियू (क्रान्तिकारी) ले नेपालस्थित दूतावासमा घेराउसहित ज्ञापनपत्र बुझाएको छ ।

बुधबार भैंसेपाटीस्थित दूतावास कार्यालयमा अध्यक्ष रञ्जित तामाङ नेतृत्वको टोलीले विरोध पत्र बुझाएको हो । बिरोध पत्र बुझाउनुअघि दूतावास कार्यालय अगाडि एक घण्टा नाराबाजीसहित धर्ना दिइएको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए । विरोध पत्र बुझ्दै दूतावासका प्रतिनिधिले उक्त पत्र तुरुन्तै म्यानमार सरकारसमक्ष पुर्‍याउने बताएको प्रतिमण्डलमा सहभागी बस्नेतले जनाए ।

क्रान्तिकारी अध्यक्ष रञ्जित तामाङद्वारा हस्ताक्षरित विरोध पत्रमा भनिएको छ -‘आजको एकाइसौं शताब्दीमा पनि सैन्य वुटको बलमा मच्याइएको यस खालको अत्यन्तै पाशविक, बर्बर र हिंस्रक दमनको हामी घोर निन्दा र भर्त्सना गर्दछौं । ‘

लोकतन्त्र, मानव अधिकार र शान्तिका विश्वब्यापी मूल्यहरुको खिलापमा म्यानमारमा भइरहेको अमानवीय र क्रूर दमन अविलम्ब रोक्न ध्यानाकर्षण गरिएको उपाध्यक्ष बस्नेतले बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!