भूतपूर्व गोर्खालाई सम्मान र पेन्सन दिलाउछन् काउन्सिल लिडर

SHARE:

लण्डन चैत १८ ।

बेलायतका स्थानीय नेता एवं नेपाली शुभचिन्तक डेभिड क्लीफोर्ड नेपाली समुदायसंग धेरै निकट छन् ।

नेपाली समुदायका हरेक गतिविधिमा सरिक हुने रसमोर बरो काउन्सिलका काउन्सिल लिडर क्लीफोर्डल नेपालीप्रति चिन्ता र चासो राख्छन् ।

उनी भूतपूर्व गोर्खा र तिनका सन्तानको हकहितमा पनि आवाज उठाइरहन्छन् । केही साताअघि बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई एक पत्र लेखेर भूतपूर्व गोर्खाहरुलाई बेलायती राहदानी लिन सहज प्रक्रियासहित शुल्क मिनाहा गरिदिन ध्यानाकर्षण गराएका डेभिडले आज स्थानीय सांसदसंग गोर्खा पेन्सन मुद्दामा सहयोग अपिल गरेका छन् ।

उनले स्थानीय सांसद लियो डोकर्टीलाई ३० मार्च मंगलबार एक पत्र लेख्दै गोर्खा पेन्सन पुनरावलोकनका लागि उच्च तहमा पहलको साथ खोजेका हुन् । ब्रिटिश सेनामा गोर्खाहरुले गरेका योगदानमात्र होइन्, रसमोर क्षेत्रमा स्थानीय समुदायप्रति उनीहरुको लगाव र सेवाको पनि उचित मुल्यांकन गरेको बताउंदै नेता डेभिडले समान पेन्सन मुद्दामा 
सांसदको साथ प्रशंसनीय हुने पनि उल्लेख गरेका छन् ।

अल्डरसटलगायत क्षेत्रका भूतपूर्व गोर्खाहरुले समान पेन्सन मागको आन्दोलन थप सशक्त बनाउने घोषणा गरिरहंदा डेभिडले सांसदलाई पत्र प्रेषित गरेका हुन् । डोचेर्टी सन् २०१७ देखि सत्तारुढ कन्जरभेटिभ पार्टीका तर्फबाट अल्डरसट सांसद छन् । एक सैनिकको इराक देखि अफगानिस्तानसम्मको यात्रा समेटिएको डिजर्ट अफ डेथ नामक पुस्तकका लेखक लियो गोर्खा मुद्दासंग समेत जानकार मानिन्छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!