प्रचण्डले सर्वोच्चमा दिएको पुनरावलोकन सम्बन्धी मुद्दामा पुनरावलोकन नहुने

SHARE:

काठमाडौं चैत १९ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार सर्वोच्च अदालतमा दिएको पुनरावलोकन सम्बन्धी मुद्दामा पुनरावलोकन नहुने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीशद्वय तेजबहादुर केसी र प्रकाश ढुंगाना पूर्ण इजलासले बिहीबार पुनरावलोकन नगर्ने आदेश दिएको हो । नेकपा आफ्नो पार्टीको नाम भएको भन्दै ऋषिराम कट्टेलले दिएको रिटमा न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले फागुन २३ गते एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपालाई एकीकरण पूर्वको अवस्थामा फर्काइदिने फैसला गरेको थियो ।

नामको विवाद भए नाम फेर्न मौका दिनु पर्नेमा एकीकरण नै उल्ट्याउने फैसला अन्यायपूर्ण, संविधान र नजिरविपरीत भएको भन्दै प्रचण्डले पुनरावलोकन हुनु पर्ने जिकिर गरेका हुन् ।

नेकपा फुटाएर एमाले र माओवादी केन्द्र ब्युँताउने फैसलामा प्रश्न उठाउँदै प्रचण्डले पुनरावलोकनको माग गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!