एमाले खनाल नेपाल पक्षद्वारा दुई महिने अभियानको घोषणा

SHARE:

काठमाडौं चैत २१ ।

नेकपा एमालेको झलनाथ खनाल–माधव कुमार नेपालपक्षले दुई महिने पार्टी सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको भएको छ ।

शनिबार राजधानीमा बसेको खनाल(नेपाल पक्षको स्थायी कमिटी बैठकले सो निर्णय गरेको नेता योगेश भट्टराईले जानकारी दिए । बैठकले केहीदिनअघि राष्ट्रिय भेलामा प्रस्तुत प्रतिवेदन र त्यसबारे आएका सुझावलाई ध्यानमा राखेर पुस्तक प्रकाशन गर्ने निर्णय पनि बैठकले गरेको छ । सो पुस्तक पार्टीका तल्ला तहसम्म वितरण गरेर प्राप्त सुझावका आधारमा अघि बढ्ने भएको छ ।

बैठकले पार्टीका विभिन्न संगठनहरुलाई सक्रिय बनाउने र आवश्यक परे पुनर्गठन गर्ने निर्णय समेत गरेको भट्टराईले जानकारी दिए । यस्तै आगामी जेठ ३ गते मदन–आश्रित जयन्ती चितवनमा मनाइने निर्णय पनि भएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!