अप्रिल ९ देखि इंग्ल्यान्डमा थप ४ मुलुकबाट यात्रा गर्न रोक

SHARE:

एजेन्सी चैत २१ ।

इंग्ल्याण्डले थप ४ मुलुकबाट यात्रा प्रतिवन्ध घोषणा गरेको छ । कोभिड संक्रमणको हिसाबले उच्च जोखिमयुक्त ठानिएका चार मुलुकबाट यही अप्रिल ९ देखि लागू हुने गरी यात्रा प्रतिवन्ध गर्न लागिएको हो ।

इंग्ल्याण्डको ‘रेड लिस्ट’ मा पर्ने नयाँ मुलुकमा दक्षिण एशियाका बंगलादेश, पाकिस्तानसहित फिलिपिन्स र केन्या पनि छन् । यससंगै इंग्ल्याण्डले यात्रा प्रतिवन्ध गरेका देशहरुको संख्या ३९ पुगेको छ । अन्य मुलुकबाट कोरोना भाइरस संक्रमण भित्रिन नपाओस् भनेर संक्रमणको उच्च जोखिममा रहेका मुलुकहरुबाट यात्रा प्रतिवन्ध गरिएको हो । विशेषत भाइरसका नयाँ ‘भेरियन्ट’ फेला परेका र पछिल्लो समय निकै उच्च संक्रमण रहेका मुलुकहरु ‘रेड लिस्ट’ मा राखिएका छन् ।

यस्तै इंग्ल्याण्डको ‘रेड लिस्टमा पर्नेमा बंगलादेश र पाकिस्तान नै दक्षिण एशियाका पहिलो मुलुकहरु बनेका छन् । उच्च संक्रमण रहेको भारतलाई भने अझै यो सूचीमा राखिएको छैन ।छिमेकी मुलुक भारतमा कोरोना भाइरसको नयां भेरियन्ट बढिरहंदा नेपाल पनि त्यो जोखिमबाट अलग छैन् । नेपालमा पुनः अर्को लहर आए बेलायतले आफ्नो रेड लिष्टमा राख्न सक्ने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!