एमाले खनाल-नेपाल पक्षद्वारा काठमाडौंमा समानान्तर कमिटी गठन

SHARE:

काठमाडौ चैत २२ ।

नेपाल कम्युनिस्ट पार्टी एमालेका वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपालले काठमाडौं जिल्लामा समानान्तर कमिटी गठन गरेको छ।

आज राजधानीमा एक भेलाको आयोजना गरी यो समूहले आफ्नो पक्षको समानान्तर कमिटी घोषणा गरेको हो। खनाल नेपाल पक्षको काठमाडौं जिल्ला कमिटी अध्यक्षमा वसन्त मानन्धरलाई ल्याइएको छ। यस्तै उपाध्यक्ष शोभा सापकोटा छिन् भने सचिवमा कुसुमकुमार कार्की छन्। लक्ष्मीप्रसाद एलपी श्रेष्ठ उपसचिव भएका छन् ।

शनिबार बसेको उक्त पक्षको स्थायी कमिटी बैठकले सबै तहमा पार्टीका कमिटी गठन गर्ने निर्णय गरेको थियो। एमालेलाई थप एकताबद्ध बनाउन संगठन सुदृढीकरणको अभियानअन्तर्गत कमिटीहरू गठन गरिने खनाल नेपाल समूहले दाबी गरेको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!