लन्डन चैत २५ । घान्द्रुक समाज यूकेको अध्यक्षमा नारायण सिंह गुरुङ चयन भएका छन् । ५ अप्रिल २०२१ सोमबार जुममार्फत भएको अधिवेशनले नारायण सिंहको अध्यक्षतामा छैटौं कार्यसमिति चयन गरेको हो ।
अध्यक्ष :- नारायण सिंह गुरुङ
उपाध्यक्ष : प्रथम, देव बहादुर गुरुङ
उपाध्यक्ष: दोस्रो, रोशन गुरुङ
उपाध्यक्ष: तेस्रो, नारायण गुरुङ
महासचिव: राज कुमार गुरुङ
सचिव: पुनम गुरुङ
कोषाध्यक्ष; देव सिंह गुरुङ
सह कोषाध्यक्ष: नर काजी गुरुङ
जनसम्पर्क संयोजक:
१. ई. खेम बहादुर गुरुङ
२. गोपी चन्द्र गुरुङ
३. जुम प्रसाद गुरुङ
४. अमर प्रसाद गुरुङ
सांस्कृतिक संयोजक:
१. विमल गुरुङ (क)
२. सनम गुरुङ
३. आरती गुरुङ
४. डमर बहादुर गुरुङ
युवा क्रियाकलाप संयोजक: श्री विमल गुरुङ (ख)
स्पोर्ट्स संयोजक:
१. याम गुरुङ
२. राज कुमार गुरुङ
३. स्वर्ग गुरुङ
दिउँसोको ठीक १ बजेबाट प्रारम्भ भएको कार्यक्रम पूर्वमहासचिव रोशन गुरुङले सञ्चालन गरेका थिए । Zoom मै भए पनि विधिवत् रूपमा आसन ग्रहण गराएर दिवङ्गत भएका संस्थाका सदस्य, आफन्तहरूको सम्झनामा एक मिनेट मौनधारण गरेर कार्यक्रम अगाडि बढाइएको थियो ।
प्रारम्भमा उपाध्यक्ष सत्रमान गुरुङले छोटो स्वागत मन्तव्य राखेपछि महासचिव रोशन गुरुङले प्रतिवेदन प्रस्तुत गरेका थिए । महासचिवको प्रतिवेदनपछि कोषाध्यक्ष याम गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । त्यसपछि आमा समूहको आर्थिक प्रतिवेदन कोषाध्यक्ष कमला गुरुङले प्रस्तुत गरिन् । ्
दोस्रो चरणको कार्यक्रम अधिवेशनको रहेकोले कार्यक्रम संचालक महासचिवले सो कार्यक्रम सञ्चालन गर्ने जिम्मा निर्वाचन कमिटीको संयोजक ई. खेम बहादुर गुरुङलाई दिएका थिए । ई. खेम बहादुर गुरुङले निर्वाचन कमिटीले गहन छलफलबाट तयार पारेको नामावली घोषणा गरेका थिए ।






