राजकुमार फिलिपको शताब्दी चुम्ने आशा अधुरै

SHARE:

लन्डन । बेलायतकी महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् राजकुमार फिलीपको शुक्रबार निधन भएको छ । शोकको यस घडीमा विश्व समुदायले उनलाई लामो समय बेलायती राजपरिवारको वरिष्ठ सदस्यका रूपमा कुशल नेतृत्व गरेका छन् ।

बेलायतकी महारानीसँग सात दशकभन्दा लामो बैबाहिक जीवनसँगै विताएका राजकुमार फिलिपले पछिल्ला केही वर्षयता उमेरका कारण राजपरिवार सदस्यका रूपमा औपचारिक जिम्मेवारीहरूलाई हेर्न छोडिदिएका थिए । उनको ९९ वर्षको उमेरमा निधन भएको बकिङ्घम राजदरबारले शुक्रबार नै घोषणा गरेको छ ।

उनको निधनपछि उनलाई विश्व नेताहरूले बेलायत र विश्वका लागि उनको योगदानको स्मरण गरेका छन् । यसै क्रममा बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले उनको ‘असाधारण जीवन र काम’ लाई स्मरण गरेका छन् ।

उनले भनेका छन्,‘ड्यूक अफ एडिनबर्ग’ ले स्वदेश (कमनवेल्थ) तथा विदेशमा विभिन्न पुस्ताको माया पाउनुभएको छ । उनले रोयल नेभी र बेलायतको इतिहाँसमा नै लामो समय दशकौँसम्म राष्ट्रप्रमुखको भूमिका निर्वाह गरेकी महारानीका एलिजावेथ द्वितीयको पतिका रूपमा विश्वभरबाट माया पाएका छन् ।

बेलायती प्रधानमन्त्री जोनसनले सामाजिक सञ्जालमार्फत् सम्प्रेषण गरेको शोक सन्देशमा भनिएको छ, “राजकुमार फिलिपले आफ्नो जीवनकालभरी बेलायत र विश्वका लागि गरेको योगदानलाई स्मरण गर्दै उनप्रति सम्मान व्यक्त गर्दछु साथै यस शोकको घडीमा महारानी एलिजावेथ तथा बेलायती राजपरिवारप्रति समवेदना व्यक्त गर्दछु ।”

यसैगरी उनको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु, आयरल्याण्डका प्रधानमन्त्री मिखाएल मार्टिन, अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनलगायतका नेताहरूले उनको निधनप्रति दुःख व्यक्त गरेका छ । उनको निधनप्रति दुःख व्यक्त गर्दै ट्वीटर, फेसबुकलगायतका समाजिक सञ्जालमा उनको योगदानलाई स्मरण गरिएको छ । यसरी उनलाई स्मरण गर्नेहरूमा बेलायतका पूर्वपैधानमन्त्री टोनी ब्लेयर, अमेरिकी पूर्व राष्ट्रपति, यूरोपेली नेताहरूलगायत छन् ।

महारानीप्रति फिलिपले देखाएको सुदृढ र निरन्तर समर्थनका कारण ‘ड्यूक अफ एडिन्बरा’ राजकुमार फिलिपले बेलायत तथा विश्व समुदायका बीचमा ६० वर्षभन्दा बढी समयदेखि उच्च सम्मान पाएका छन् । उनले वहन गरेको भूमिका जोकसैको निम्ति पनि कठिन किसिमको थियो ।अझ विविध विषयमा आफ्नो कडा धारणा राख्ने नौसेनाका अधिकृतका लागि त यो झनै कठिन थियो।

तर व्यक्तित्वको सोही सबल पक्षले उनलाई आफ्ना जिम्मेवारीहरू प्रभावकारी ढङ्गले निर्वाह गर्न सहयोग गर्‍यो । साथै आफ्नी पत्नीलाई रानीको कर्तव्य पूरा गर्न सम्पूर्ण सहयोग गर्न उनले सके ।

महारानीका पतिको रूपमा उनलाई कुनै पनि संवैधानिक हैसियत प्राप्त थिएन । तर राजसंस्थाको नजिक उनभन्दा धेरै अरू कोही थिएन । राजकुमार फिलिपको जन्म सन् १९२१ को जुन १० मा ग्रीसको कोर्फु द्वीपमा भएको थियो ।

दोस्रो विश्व युद्धको सँघारमा फिलिपले सैन्य सेवामा प्रवेश गरेका थियो । रोयल न्याभीमा जागिर थालेपछि त्यसैताका सन् १९३९ मा उन र महारानी एलिजावेथ पहिलोपटक भेट भएको बताउने गरिन्छ ।

लन्डनस्थित वेस्टमिन्स्टर एबीमा सन् १९४७ नोभेम्बर २० का दिन उनहरूको विवाह भएको थियो । यसलाई बेलायती पूर्व प्रधानमन्त्री विन्स्टन चर्चिलले युद्धपछिको कठिन समयमा बेलायतमा देखिएको एउटा रङ्गीन चमकको रूपमा उल्लेख गरेका थियो । सन् १९५२ को फेब्रुअरीमा फिलिप र एलिजाबेथ केन्या भ्रमणमा रहेको बेला बेलायतका राजा जोर्ज छैटौँको निधन भएको थियो । त्यसपछि बेलायतकी महारानी बनेकी आफ्नी पत्नी बेलायतका राजकुमार फिलिपको निधन
बेलायतकी महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् राजकुमार फिलीपको ९९ वर्षको उमेरमा निधन भएको बकिङ्घम राजदरबार स्रोतले घोषणा गरेको छ ।

सन् १९४७ मा एलिजावेथसँग बिहे गरेका राजकुमार फिलिपले बेलायतकी महारानीसँग ७३ वर्षसम्म वैवाहिक जीवन विताउनुभएको राजदरबार स्रोतले पुष्टि गरेको छ । उनहरूको विवाह भएको पाँच वर्षपछि मात्र एलिजावेथलाई महारानी बनेकी थिइन् ।

बेलायतको बकिङ्गम रादरबारले राजकुमार फिलिपको मृत्यु भएको पुष्टि गर्न जारी गरेको विज्ञप्तिमा भनिएको छ, “गहिरो दुखका साथ महारानीले उनका प्रिय श्रीमान् ‘ड्यूक अफ एडिनबरा’ राजकुमार फिलिपको मृत्यु भएको घोषणा गरेका छ ।” “फिलिपको शुक्रबार बिहान ‘विन्डसर क्यासल’ मा निधन भएको छ ।”

द ड्यूक अफ एडिनबराको उपाधिले चिनिने राजकुमार फिलिपलाई एक महिना बेलायती अस्पतालमा भर्ना गरी उपचारपछि उनको निवासमा लगिएको थियो । राजकुमार फिलिप र रानीका चार सन्तान, आठ नातिनातिनी र १० जना पनातिपनातिनीहरू छन् ।

राजकुमार फिलिप ‘ग्रीक आइल्यान्ड अफ कोर्फु’मा सन् १९२१, जुन १० मा जन्मिएका थिए । उनी हेलेन्सका राजा जर्ज प्रथमका कान्छा छोरा थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!